१३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण सुरु

काठमाडौं, २९ मंसिर ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० अन्तर्गत राष्ट्रिय टिम तयारीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण सुरु गरेको छ ।

हाललाई इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदका पदक विजेतासहित उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गरिएको छ । एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेल मध्ये भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, तेक्वान्दो, पौडी, जुडो, उसु र प्याराग्लाइडिङ गरी १३ खेलका ४३ खेलाडी विशेष प्रशिक्षणमा सहभागी छन् ।

प्याराग्लाइडिङले पुरुष टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिलाएको थियो । उक्त पदक नेपालले १८ औं एसियाडमा हासिल गरेको एक मात्र पदक थियो । विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित टोलीले रजत जितेका थिए ।

माघ ५ गतेसम्म चल्ने प्रशिक्षण मंसिर २५ गतेदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने शनिबार मात्र गरिएको हो । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रशिक्षणको एक कार्यक्रमबीच उद्घाटन गरे । प्रशिक्षणको जिम्मेवारी सम्बन्धित १३ खेलका १६ प्रशिक्षकलाई दिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले पदक ल्याउन असफल भएपनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १३ औं सागको तयारीलाई मध्यनजर गरी विशेष प्रशिक्षणको व्यवस्था मिलाइएको जानकारी गराए । “राष्ट्रलाई पदक दिलाउने खेलाडीलाई त हामीले नगदसहित सम्मान गरिसकेका छौं । पदक विजेतासहित पदक जित्न असफल भएपनि आ–आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीको सम्मानका खातिर र १३ औं सागको तयारीलाई लक्षित गरी हामीले विशेष प्रशिक्षणको थालनी गरेका हौं” -सदस्य–सचिव विष्टले भने ।

सदस्य–सचिव विष्टले प्रशिक्षकको हकमा सिनियर/जुनियर, स्थायी र अस्थायी नहेरी राम्रो र सक्षम प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिइने बताउदै बाँकी खेलाडीलाई आठौं राष्ट्रिय खेलकुद पछि प्रशिक्षणमा राखिने बताए ।

राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले पहिले तोकिएको मिति भन्दा आठौं राष्ट्रिय खेलकुद पछि सरेकोले तत्काललाई १८ औं एसियाडमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मात्र समावेश गरी तालिम सुरु गरिएको बताए ।

कार्यक्रममा विशेष प्रशिक्षणमा सहभागी खेलाडी र प्रशिक्षकलाई सदस्य–सचिव विष्टले ट्रयाकसुट पनि प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close