कास्की जिल्ला बास्केटबल संघ द्वारा सल्लाहाकार पूनको स्वागत

पोखरा, २८ मंसिर ।
कास्की जिल्ला बास्केटबल संघले आफ्ना सल्लाहाकार नारायण पुनलाई पोखरामा स्वागत गरेको छ । हालै मात्र यूके बाट फर्केका सल्लाहाकार पूनलाई एक कार्यक्रमको आयोजना गरि संघले स्वागत गरेको हो ।

संघका अध्यक्ष ध्वज कुमार गुरुङ, पोखरा महानगरका बरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा, कास्की जिलला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम गुरुङ लगाएतले सल्लाहाकार पुनलाई खादा लगाएर स्वागत गरेका हुन ।

सोही कार्यक्रममा सल्लाहाकार नारायण पुन, तेजेन्द्र पुन, झक पुन र हेमन्त पुनले १६ औं जेपी क्रस बास्केटबल प्रतियोगिताका लागि भन्दै २० हजार नगद सामुहिक रुपमा सहयोग गरेका थिए । प्रतियोगिता हालै पोखरामा सम्पन्न भइसकेको छ । उक्त कार्यक्रमको संचालन संघका सदस्य अर्जुन परियारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close