
पोखरा, २८ मंसिर ।
पोखरामा यहि पुष १ गते बाट ७ गते सम्म सञ्चालन हुने चौथो राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
सो बारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघका बरिष्ठ उपाध्यक्ष एवम कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बताएका छन । यो प्रतियोगिता पहिलो पटक काठमाडौ भन्दा बाहिर आयोजना गरिएको हो । पोखरा रंगशालामा हुने प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा कुल ३० खेलहरु हुनेछन ।
पुष १ गते आइतबार दिउसो १ बजे हुने उद्घाटन खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लब र काठमाडौको नयाँ बजार यूवा क्लबका विच हुने भएको छ । प्रतियोगितामा चौथो एनभिए राष्ट्रिय च्याम्पिएनशिपमा सहभागी १२ टिम मध्ये उत्कृष्ट ८ स्थान भित्र पर्न सफल टिमहरुले प्रतिष्पर्धा गर्ने भएका हुन ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफसँगै बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल तालिम केन्द्र, ढोरपाटन तालीम केन्द्र, हेल्प नेपाल स्पोर्टस् क्लब र नयाँबजार युवा क्लब सहभागी रहने छन् संघका महासचिब जितेन्द्र वहादुर चन्दले बताए ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख पाउनेछन् भने तेस्रो र चौथो हुनेले ५० र २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट लिबेरो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र प्रशिक्षकले जनही ५–५ हजार रूपैयाँ पाउने प्रतियोगिता संयोजक राजकुमार गुरुङले जानकारी दिए ।