
पोखरा, २८ मंसिर ।
निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो स्र्पोट्स मिट अन्र्तगत फुटबल, भलिबल र कब्बडीका खेल जारी रहेको प्रतियोगिता संयोजक ध्रुब गिरीले जानकारी दिएका छन ।
शुक्रबार सम्पन्न छात्र फुटबल खेल तर्फ वेलनन एकेडेमी र कालिका माबी बिजयी बने । वेललनले पिनाकललाई १–० र कालिका माबीले गेफ सेकेण्डरीलाई १–० गोलले पाखा लगाए ।
त्यस्तै भलिबल छात्र तर्फ वेलनन, एकता सेकेण्डरी बिजयी भएका छन । प्रतियोगितामा वेलननले सत्य साई र एकताले स्मल हेभेनलाई सोझो सेटमा जितेका हुन । छात्रा भलिबलमा होली एन्जलले एकता सेकेन्डरी लाई कालिकाले वेलनन माथी जित दर्ता गरे ।
जुनियर तर्फ सम्पन्न छात्र कब्बडी पिनाकल र गेफ सेकेण्डरी बिजयी रहे । खेलमा पिनाकलले स्मल हेभेन र गेफले वेलननलाई पराजित गरे । जुनियर छात्रा तर्फ जनकल्याण र होली एन्जलले आ–आफ्नो खेल जितेका छन ।
तर्फ वेललन, स्माइल, गेफ र पिनाकलले जित हासिल गरे । कब्बडी छात्रा जुनियरमा गेफ सेकेण्डरी, ज्ञानकुञ्ज, जनकल्याण, र होली एञ्जल बिजयी रहे । जनकल्याणले गेफलाई र होलीले ज्ञानकुञ्जलाई जितेको हो । छात्र कब्बडी माबी तर्फको कालिकाले एकता र ज्ञानकुञ्जले होली एञ्जलमाथी जित दर्ता गराए ।
प्रतियोगितामा यूनिप्स अन्र्तगत कास्कीका १८ विद्यालयका ३ हजार विद्यार्थीको सहभागिता रहेको अध्यक्ष शान्ता गुरुङले जानकारी दिएका छन । औपचारिक उद्घाटन कार्यक्रम पूष १ गते पोखरा रंगशालामा हुने छ भने प्रतियोगिता अन्र्तगत एथलेटिक्सका खेलहरु पोखरा रंगशालामा संचालन हुने प्रचार प्रसार संयोजक सन्तोष तिवारीले बताए ।