
पोखरा, २७ मंसिर ।
निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो स्र्पोट्स मिट अन्र्तगत फुटबल, भलिबल र कब्बडीका खेल शुरु भएका छन ।
प्रतियोगिताको खुल्ला विद्या तर्फ छात्र तर्फ फूटबल, छात्र–छात्रा भलिबल र कब्बडीका खेलहरु लेखनाथ भण्डारढिक स्थित खेल मैदानमा संचालन गरिएको प्रतियोगिता प्रतियोगिता प्रचार–प्रसार संयोजक सन्तोष तिवारीले जानकारी दिए ।
बुधबार सम्पन्न फुटबल खेल तर्फ वेलनन एकेडेमी, माउण्ट हेभेन, कालिका ई.बो. स्कुल र गेफ सेकेण्डेरीले जित दर्ता गरेका छन । खेलमा वेलननले एकता आाशियलाई लाई २–१ गोलले, माउण्ट हेभेनले स्माइल स्कुललाई १–० ले, कालिकाले होली एञ्जललाई ५–० ले गेफले ज्ञानकुञ्जलाई १–० ले पराजित गरेका छन ।
त्यस्तै भलिबल छात्र तर्फ एकता र होली एञ्लल बिजयी भए भने छात्रा तर्फ होली एञ्जल, कालिका, वेलनन र एकता आवशियले आ– आफ्नो खेल जितेका छन । छात्र कब्बडी तर्फ सत्य साई, वेलनन, स्माइल र गेफ सेकेण्डरी बिजयी भएका छन । त्यस्तै छात्रा कब्बडीमा गेफ सेकेण्डरी, ज्ञानकुञ्ज, जनकल्याण बोर्डिङ र होली एञ्जल बिजयी भए ।
प्रतियोगितामा यूनिप्स अन्र्तगत कास्कीका १८ विद्यालयका ३ हजार विद्यार्थीको सहभागिता रहने अध्यक्ष शान्ता गुरुङले जानकारी दिएका छन । औपचारिक उद्घाटन कार्यक्रम पूष १ गते पोखरा रंगशालामा हुने भएको छ । प्रतियोगिता अन्र्तगत एथलेटिक्सका खेलहरु पोखरा रंगशालामा संचालन हुनेछन ।