
पोखरा, २६ मंसिर ।
लाइन्स क्लब अफ पोखरा लेक सिटीले आफ्नो क्लब स्थापनाको रजत जयन्तीका अबसरमा यहि मंसिर २९ गते पोखरामा ह्विल चियर राष्ट्रिय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सो प्रतियोगिता बारे जानकारी दिन पोखरामा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष मदन केसीले प्रतियोगितामा ह्विल चियरका ४ टिमको सहभागिता रहने बताएका छन । अध्यक्ष केसीले भने–“अपाङ्गता भएका ब्यक्तीहरुले पनि समाजमा योगदान गर्न सक्छन भन्ने भावना जागृत गराउन प्रतियोगिता आयोजना गरेका हौं ।”
प्रतियोगितामा काठमाण्डौ ह्विल चियर क्लब र स्पाइनल कड इन्जिुरी, नेपालगञ्जको ह्विल चियर बास्केटबल क्लब, घरेलु टोली लेकसिटी ह्विल चियर बास्केटबलको सहभागिता रहेको प्रतियोगिता संयोजक विद्या मर्सानीले जानकारी दिएका छन ।
प्रतियोगितामा बिजेता टिमले २० हजार र उपबिजेताले नगद १५ हजार र तेश्रो स्थानले नगद ५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने लेकसिटीले जनाएको छ । प्रतियोगिता पोखरा रंगशाला स्थित बास्केटबल कोर्टमा आयोजना हुनेछ ।