पोखरामा चौथो यूनिप्स अन्तर विद्यालय खेलकुद प्रतियोगिता पूष १ बाट

पोखरा, २५ मंसिर ।
निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो खेलकुद प्रतियोगिता पूष १ गते बाट संचालन हुने यूनिप्सका अध्यक्ष शान्ता गुरुङले जानकारी दिएकाछन । प्रतियोगितामा १८ विद्यालयका करिब ३ हजार विद्यार्थीहरुको सहभागिता रहनेछ ।

पोखरा रंगशालामा पूष ३ गते सम्म संचालन हुने प्रतियोगिताको खुल्ला विद्या तर्फ छात्र तर्फ फूटबल, छात्र–छात्रा भलिबल, हुनेछन भने सिनियर–जुनियर विद्यार्थीतर्फ एथलेटिक्स र कब्बडीका खेलहरु हुने प्रतियोगिता संयोजक एवम संस्थाका निवर्तमान अध्यक्ष ध्रुब गिरीले बताए ।

प्रतियोगितालाई सफल बनाउन संस्थाका निर्वमान अध्यक्ष गिरीको संयोजकत्वमा ९ सदस्यिय प्रतियोगिता मुल आयोजक समिती गठन गरिएको छ । जसको खेलकुद उप–समिति संयोजकमा विनोद कुमार नेपाली, आर्थीक उप–समिति संयोजकमा निराजन थापा, प्रचारप्रसार उप–समिति संयोजकमा सन्तोष तिवारी, अतिथि सत्कार उप–समिति संयोजकमा यम प्रसाद पौडेल, मञ्च व्यवस्थापन उप–समिति संयोजकमा कुमार रेग्मी, प्राथमिक उपचार एवम् खाजा उप–समिति संयोजकमा लक्ष्मी पौडेल, शुरक्षा एवम् न्यायिक उप–समिति संयोजकमा विश्वराज खनाल र अनुशासन एवम् अनुगमन उप–समिति संयोजकमा शंकर वाग्ले रहेका छन ।

कास्कीमा हाल २२ विद्यालयहरु यूनिप्सको छातामा संगठित रहे पनि १८ विद्यालयहरुले सहभागिता जनाउने अध्यक्ष शान्ता गुरुङले जानकारी दिएका छन । उद्घाटन कार्यक्रम पूष १ गते हुने भए पनि प्रतियोगिताहरु दुई दिन अगावै बाट सुरु गरिने प्रतियोगिता संयोजक गिरीले बताए । पोखरा रंगशालाको फुटबल मैदान मर्मत गर्न लागिएको र भलिबल कोर्ट समेत खाली नरहेको कारण एथलेटिक्स बाहेक फुटबल र भलिबलका खेलहरु भण्डारढिक स्थित खेल मैदानमा संचालन गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close