माउण्ट अन्नपूर्ण माविमा खेलकुद प्रतियोगिता सम्पन्न

पोखरा, २५ मंसिर ।
कसमस समुहद्वारा संचालित गण्डकी प्रदेशको पहिलो निजि विद्यालय माउण्ट अन्नपूर्ण मावि नदीपुरमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

कक्षा ११ र १२ बिहानी तथा दिवा सत्रका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको अन्तरकक्षात्मक प्रतियोगितामा बास्केटवल, भलिवल र टेवलटेनिस गरि ३ विधामा प्रतियोगिता संचालन भएका थिए ।

जसमा वास्केटवलतर्फ छात्र—१२, छात्रा–५, भलिबलतर्फ छात्र–१२, छात्रा—४, टेवलटेनिसतर्फ छात्र–५८, छात्रा–९ टिमहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा छात्र बास्केटबल तर्फ १२ ‘क’ दिवासत्र टिम प्रथम, छात्रा बास्केटबल तर्फ १२ (क, ख, ग) दिवासत्र टिम प्रथम, छात्र भलिबलतर्फ ११ (क, ख) विहानिसत्र टीम प्रथम, छात्रा भलिबलतर्फ ११, १२ ‘ख’ दिवासत्र टिम प्रथम, टेबलटेनिसतर्फ प्रथम, द्वितिय, तृतिय र सान्त्वना क्रमश छात्र तर्फ धर्मान सोमै, किरण गुरुङ, जोनिस पूर्जा, मदन श्रेष्ठ भएका थिए भने छात्रा तर्फ क्रमश प्रियङ्का गुरुङ्ग, बन्दना गुरुङ्ग, सुमिना गुरुङ्ग, एनिदा जोशी भएका थिए ।

बिजेता टिम तथा खेलाडीलाई वडा नं. २ का अध्यक्ष रामेश्वर मल्लले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । उनले सो अबसरमा समुदायलाई अनुशासित र सम्वृद्ध बनाउनका लागि खेलकुद गतिविधिहरु अपरिहार्य रहेको वताए ।

त्यसैगरि विद्यालयका एकेडेमिक एड्भाइजर अशोक कुमार शाहीले कुनै पनि ब्यक्ती सक्षम हुन खेलकुदलाई आत्मसाथ गर्नुपर्ने धारणा राखे । कसमस समुहका अध्यक्ष तेज बहादुर गुरुङ्गले विद्यालयहरुको सामाजिक उत्तरदायित्व अन्र्तगत वडा कार्यालयहरु, छिमेकीहरु र विद्यालयको भौतिक पुर्वाधारको परिचालन गरि विविध कार्यक्रमहरु आयोजनागर्न सकेमा समुदाय लाभान्वित हुन सक्ने बताए ।

उक्त कार्यक्रम दिवासत्रका खेलकुद क्लवका अध्यक्ष कक्षा १२ मा अध्ययनरत युवराज गुरुङ्गको अध्यक्षतामा भएको थियो भने खेलकुद क्लब बिहानी सत्रका कक्षा १२ का अध्यक्ष क्रिष्टन गुरुङ्गले धन्यवाद व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close