प्याराग्लाइडिङ पाइलट प्रशिक्षण संगै नयाँ गन्तब्यका लागि ढोका खुल्यो

पोखरा, २४ मंसिर ।
नेपाल सरकारलेनै नयाँ पाइलट उत्पादनका लागि स्थायी रुपले जग्गा उपलब्ध गराए पछि अब नेपालमा प्याराग्लाइडिङ पाइलट प्रशिक्षणका लागि ढोका खुलेको छ । राष्ट्रिय खेलकुद परिषदले यूवा तथा खेलकुद मन्त्रालयमा प्याराग्लाइडिङ पाइलट प्रशिक्षणका लागि खेल क्षेत्र खोज्न पत्राचार गरे संगै मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गरि नागरिक उड्ययन प्राधिकरणमा अनुरोध गरेको थियो ।

नागरिक उड्ययन प्राधिकरणले उदयपुर र सुनसरीको सिमाना बेलका नगर पालिका वडा नं ८ मा प्रशिक्षणका लागि जग्गा उपलब्ध गराएको छ । केही दिन अघि मात्रै प्राधिकरणको एक टोलीले विस्तृत अध्ययन गरि उक्त ठाउँ उपयूक्त हुने गरि यूवा तथा खेलकुद मन्त्रालयमा अध्ययन प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीका अनुसार उडान क्षेत्र आकाशमा करिब १ सय २४ किलोमिटरको हुनेछ । यो उडानकालागि समेत लामो रुट मानिन्छ । यो स्थान प्याराग्लाइडिङका लागि नयाँ गन्तब्य समेत हुनेछ । अध्ययन टोलीमा प्रधिकरणका शुलभ झा, दिनेश घिमिरे र देबेन्द्र प्रसाद पाण्डे रहेका थिए ।

नेपालमा आधिकारिक रुपमा प्याराग्लाइडिङ प्रशिक्षणका पहिलो पटक जग्गा उपलव्ध गराएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले बताए । “हाल सुनसरीको बेलका नगर पलिकाले १० वर्षका लागि २५ बिघा जग्गा उपलव्ध गराएको हो” महासचिब राउत भन्छन “राज्यले नै यसरी स्थान उपलब्ध गराएर उडान अनुमती दिए पछि अब पाइलटहरु उत्पादन गर्न सहज हुने छ ।”

नेपालमा प्याराग्लाइडिङ पाइलटको अभाबमा अहिले पनि १६ वटा भन्दा बढी ब्यबसायिक कम्पनीहरु बन्द रहेको महासचिब राउतको भनाई छ । बन्द रहेका कम्पनीहरु मध्ये धेरै जसो पोखराका छन । पोखरामा मात्रै १० कम्पनी पाइलट अभावमा संचालनमा आउन सकेका छैनन भने काठमाडौ २, धरानका २, इलाम र सुर्खेतमा १–१ कम्पनी बन्द रहेका छन ।

स्थान र उडान अनुमतीको प्रवन्ध भएकोले नेफाले छिट्टैनै प्याराग्लाइडिङ प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । हाल नेपालमा निजी स्तरमा दुई वटा प्याराग्लाइडिङ स्कुल संचालनमा रहे पनि मंहगो शुल्कका कारण सबैको पहुँच हुन नसकेको महासचिब राउतले बताए । नेफाले संचालन गर्ने प्रशिक्षण दुइ प्रकारको हुनेछन । खेलका लागि र व्यबसायिक उडानका लागि । नेफाले यस्तो प्रशिक्षण निजीले भन्दा ३० प्रतिशत शुलभ दरमा गराउने तयारी गरिरहेको छ ।

प्याराग्लायडिङ प्रशिक्षणका लागि ठाउँ उपलव्ध गराएको बेलका नगरपालिकाले नगरका यूवाहरुलाई प्याराग्लाइडिङ शिप आर्जनका १–१ लाख उपलब्ध गराएर ७ जना यूबालाई प्रशिक्षण गराइरहेको छ भने मोरङको मिक्लाजुङ गाउँपालिकाले प्रत्येक वडा बाट १–१ जना यूबालाई १ लाख ५० खर्च गरेर पाइलट बनाउन लागिपरेको छ । प्रशिक्षण केन्द्रमा नेपालका मात्रै नभएर विदेशीहरु पनि प्रशिक्षण लिन सक्ने र यो पर्यटनका गन्तब्यका लागि पनि महत्वपूर्ण हुने महासचिब राउतको भनाई छ ।

गाँउपािलका र नगरपालिकालेनै यसरी बेरोजगार यूवाहरुलाई खेल संगै रोजगारका लागि प्याराग्लाइडिङ प्रशिक्षण गराउन लागेपछि अब नेपालमा पाइलट अभावमा ब्यवसायिक कम्पनीहरु बन्द हुने अवस्था नआउने महासचिब राउतले बताए । उनले भने–“हामी अब खेलाडी संगै ब्यबसायिक पाइलटका लागि प्रशिक्षणको तयारी सुरु गरिसकेका छौं यसले अन्र्राष्ट्रियस्तरमा पदक ल्याउन र यूबाहरुलाई यसतर्फ आर्कषण गर्न सहयोग पुग्नेछ ।”

नयाँ पाइलटहरु प्रशिक्षण लिंदै

Posted by NEPHA on Sunday, December 9, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close