आनन्द र पुष्प ट्राईयाथलनको ‘लेभल टु’ प्रशिक्षक हुन सफल

काठमाडौ, २३ मंसिर ।
ट्राईयाथलनका प्रशिक्षक द्वय आनन्द लेप्चा र पुष्परत्न बज्राचार्य लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्षमा उत्तीर्ण हुन सफल भएका छन् ।

गत कार्तिक महिनाको १५ देखि १९ गते सम्म मित्र राष्ट्र दक्षिण कोरियाको इन्चोन सहरमा अन्तर्राष्ट्रिय ट्राईयाथलन महासंघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कोर्षमा सहभागि भएका प्रशिक्षक द्वय लेप्चा र बज्राचार्यले उक्त परिक्षा सफलतापूर्वक सम्पन्न गरि प्रमाणपत्र प्राप्त गर्न सफल भएको नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले जनाएका छन् ।

यस अघि प्रशिक्षक युवराज सुनुवारले मात्र उक्त लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्ष उत्तीर्ण गरेका थिए । सुनुवार उक्त प्रशिक्षण उत्तीर्ण गर्ने दक्षिण एशियाका एक मात्र प्रशिक्षक थिए । अव नेपालमा लेभल टु उत्तीर्ण तीन प्रशिक्षक भएका छन् ।
लेप्चा र बज्राचार्यको सफलताले छोटो समयमानै नेपालमा ट्राईयाथलन खेलको विकास र बिस्तारमा ठुलै फड्को मार्न सफल भएको यस खेलले आगामी दिनमा अझ बढि सफलता हासिल गर्ने संघका अध्यक्ष श्रेष्ठको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close