पोखरा म्याराथन सफल बनाउन लन्डनमा च्यारिटी कार्यक्रम हुँदै

पोखरा, २३ मंसिर ।
भूतपूर्ब खेलाडी मंच नेपालले पोखरामा यहि फागुन ७ गते आयोजनागर्ने १३ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनका लागि लन्डनमा च्यारिटी कार्यक्रम हुने भएको छ ।

पोखरेली मंच यूकेले म्याराथनलाई सफल बनाउन यहि मंसिर २८ गते च्यारिटी कार्यक्रम आयोजना गरिएको मंचका अध्यक्ष मान प्रसाद गुरुङले जनाएका छन । “विदेशमा रहेर पनि आफ्नो जन्मभूमीमा आयोजना हुने कार्यक्रमलाई एकजुट भएर सहयोग जुटाउन यो च्यारिटी कार्यक्रम गरेका हौं” मंचका अध्यक्ष गुरुङले भनेका छन ।

“दौडौ स्वास्थ्यका लागि दौडौ पोखराका लागि” भन्ने नाराका साथ भूतपूर्ब खेलाडी मंचले म्याराथन सफल बनाउन आफ्नो आन्तरिक ब्यबस्थापनलाई चुस्त बनाइरहेकै बेला यूकेमा पनि पोखरेली मंचले म्याराथन सफल बनाउन जुटेको हो । च्यारिटी कार्यक्रममा २ हजार ५ सय जना सहभागीता जनाउने मंचका कोषाध्यक्ष कमल गुरुङले जनाएका छन ।

पोखरा आएर हालै यूके फर्केका मंचका अध्यक्ष गुरुङ र महासचिब मोहन थापाले भूपू खेलाडी मंचले गरेका विभिन्न कृयाकलापका बारेमा मंचको हालै यूकेमा सम्पन्न बैठकमा जानकारी गराएका थिए । मंचले आयोजनागर्ने च्यारिटी कार्यक्रममा विभिन्न कलाकारहरुले आ–आफ्नो तर्फ बाट साँगेतिक कार्यक्रमहरु समेत प्रस्तुत गर्ने जनाइएको छ ।

च्यारिटी कार्यक्रमको मुख्य उद्धेश्य म्याराथन सफल बनाउन रकम संकलन गर्ने मात्र नभई म्याराथनलाई सफल बनाउन बेलायत बाट समेत केही खेलाडी सहभागी गराउने समेत रहेको भूपू खेलाडी मंचका अध्यक्ष तेज गुरुङले जनाएका छन । “पोखरेली मंच यूकेले स्वत स्र्फूत रुपमा गरेको यो सहयोग हामी सबैका लागि महत्वपूर्ण हो हामी सबै पोखरेली मंच प्रती आभारी छौ” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close