अम्मरसिंह ब्याईज क्लब, हेटौडा भेट्रानको च्याम्पियन

पोखरा, २३ मंसिर ।
हेटौडामा सम्पन्न भेट्रान फुटबलमा पोखराको अम्मरसिंह ब्याईज क्लब (एबिसी) च्याम्पियन बनेको छ । एबिसीले फाइनलमा बुटवल भेट्रानलाई १–० गोलले पराजित गर्दै नगद १ लाख संगै ट्रफी उचालेको हो ।

यहि मंसिर १९ गते बाट सुरु भएको प्रतियोगितामा एबिसीका मनकाजी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए भने एबिसीकानै रबिन शाही उत्कृष्ट गोल रक्षक भएका छन । वेष्ट डिफेन्डरको उपाधी पनि एबिसीका जय थापाले प्राप्त गरे भने वेष्ट मिड फिल्ड पनि एबिसीको खातामा आयो । प्रतियोगितामा बिजय गुरुङ वेष्ट मिड फिल्डर प्राप्त गर्न सफल रहे । फाइनल खेलमा रामकाजीले म्यान अफ दि म्याचको उपाधी पाउन सफल रहे ।

प्रतियोगितामा पोखराका ३ टिमको सहभागिता रहेको थियो । जसमा बगर भाइ खलकले दुई टिमको सहभागिता गराएको थियो । प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close