
पोखरा, २२ मंसिर ।
दुबईको यूएईमा सम्पन्न कास्की आर्दश सेवा समाजले आयोजना गरेको सर्वाधिक पूरुस्कार राशीको भलिबल प्रतियोगिताको उपाधी आयोजक कास्की रेडले जितेको छ ।
सम्पन्न फाइनल खेलमा आर्दश रेडले तमु प्हेलु संघ लाई २५–२२ र २५–१६ को सोझो सेटमा पराजित गर्दै ३ हजार दिराम र उपबिजेताले नगद २ हजार दिरामका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
१६ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा कास्की रेडका डायमण्ड बस्नेत उत्कृष्ट खेलाडी घोषित भए भने ब्रोगान गु्रप अफ कम्पनीले वेष्ट टिमको उपाधी पाउन सफल रह्यो । फाइनल खेलमा कास्की रेडका बोम थापाले म्यान अफ दि म्याच भए ।
सेमी फाइनलमा कास्की रेडले ब्रोगानलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो भने उपबिजेता तमु प्हेलु संघले मोना यूएईलाई सेमिफाइनलमा पाखा लगाएको थियो ।
कास्की आर्दश सेवा समाजले गत वर्ष बाट सुरु गरेको यो प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । मंसिर २१ गते यस समपन्न प्रतियोगिता अल–बार्शा दुबईमा समपन्न प्रतियोगिताको मुख्य प्रायोजन काठमाण्डौ रेष्टुरेन्ट, अबुधाबी, नेपाली चुल्होले पनि प्रतियोगितालाई साथ दिएको थियो । प्रतियोगितालाई पोखरा स्र्पोट्स डट कम, खेलपाटी, परिचय नेटवर्क, पोखरेली न्यूज र भ्वाइस अफ पोखराले मिडिया सहयोगीको भूमिका खेलेका थिए ।