नेपाली प्याराग्लाइडिङ खेलाडीलाई भारतमा सफलता, सबै उपाधी कब्जा

पोखरा, २२ मंसिर ।
नेपाली प्याराग्लाइडिङ खेलाडीले भारतको मिजोराममा सम्पन्न ‘एफएआई टु’ अन्र्तगतको प्रि वल्र्ड कप एक्यूरेसीमा चौतर्फी रुपमा उच्च पर्दशन गरेका छन । नेपाली टिमले ओभरअल (इन्डिभिजुअल/टिम) तर्फ प्रथम स्थान हासिल गर्दै सबै उपाधी कब्जा गरेका हुन ।

भारत, मिजोराम प्रदेशको शिल्चरमा यहि दिसेम्बर ४ देखि ७ सम्म भएको प्रतियोगितामा नेपालका बिजय गौतमले ओभरअल तर्फ राम्रो पर्दशन गर्दै प्रथम भए । उनले १ लाख ६० हजार जितेका छन । त्यसै गरि ओभरअलमानै बिशाल थापा (ए) ले दोश्रो स्थान हासिल गर्दै नगद ८० र बिशाल थापा (बि) ले तेश्रो स्थान प्राप्त गर्दै नगद ४० हजार जितेका छन ।

टिम एक्यूरेसी तर्फ समेत नेपालले प्रथम स्थान हासिल गरेको छ । टिम तर्फ नेपालले प्रथम स्थान हासिल गर्दै नगद ८० हजार प्राप्त गरेको हो । टिममा बिजय गौतम, बिशाल थापा (ए) र बिशाला थापा (बि)ले प्रतिष्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा नेपालको दोश्रो पटकको सहभगिता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close