
पोखरा स्पोर्टस । अमेरिकी टेनिस खेलाडी कोको गौफले फ्रेन्च ओपन महिला एकलको उपाधि जितेकी छिन् ।
फाइनलमा कोको गौफले महिला टेनिस वरियतामा नम्बर एक बेलारुसकी आर्यना साबालेन्कालाई पराजित गरेकी छन् ।
गौफले पहिलो सेट ६–७ ले हारेकी थिइन् । तर त्यसपछि उनले बलियो पुनरागमन गरिन् । दोस्रो सेटमा गौफले साबालेन्कालाई ६–२ ले पराजित गरिन् ।
अन्तिम सेटमा साबालेन्काले गौफलाई चुनौती दिने प्रयास गरिन् । तर अन्तिम सेट ६–४ ले जितेर गौफ फ्रेन्च ओपन च्याम्पियन बनेकी छन् ।
२१ बर्षिय गौफको यो दोस्रो सिंगल ग्राण्ड सलाम उपाधि हो । यस अघि उनले २०२३ मा युएस ओपनको उपाधि जितेकी थिइन् ।
