
पोखरा, २१ मंसिर ।
निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल, कास्की (एन प्याब्सान कास्की) ले आयोजना गरेको एन प्याब्सान खेलकुद महोत्सवमा कास्की मोडनाईज्ड एकेडेमी च्याम्पियन बनेको छ ।
महोत्वसवको १२ औ सस्करणमा कास्की मोडनाईज्ड एकेडेमीले ओभरअल खेलमा ३ सय ३६ अंक प्राप्त गरी च्याम्पियन बनेको हो ।
खेलकुद महोत्सवमा एथलेटिक्स तर्फ कास्की मोडनाईज्ड एकेडेमी १ सय १६ अंक प्राप्त गरी प्रथम, त्रिवेणी पब्लिकले ६८ अंक प्राप्त गरी द्वितीय र हेम्जा वोर्डिङ स्कूलले ६० अंक प्राप्त गरी तृतीय भए ।
सिनियर छात्र फुटबल तर्फ हेम्जा वोर्डिङ स्कूल प्रथम, ज्ञानज्योति विद्याकुञ्ज द्धितीय तथा पोखरा क्याम्ब्रिज इङ्लिस स्कूल र कास्की मोडनाईज्ड एकेडेमी तृतीय भए । सिनियर छात्रा फुटबल तर्फ चिल्ड्रेन्र्स एकेडेमी प्रथम, पोखरा क्याम्ब्रिज इङ्लिस स्कूल द्धितीय तथा साइनिङ स्टार एकेडेमी र कास्की मोडनाईज्ड एकेडेमी तृतीय भए ।
भलिबल सिनियर छात्रा तर्फ गोर्खा वोर्डिङ स्कूल प्रथम, चिल्ड्रेन्स एकेडेमी द्धितीय तथा वर्डस् एकडेमी र कास्की मोडनाईज्ड एकेडेमी तृतीय भए । भलिबल सिनियर छात्र तर्फ सनराइज वोर्डिङ स्कूल प्रथम, विरेन्द्र मेमोरियल द्धितीय तथा ज्ञान गंगा वोर्डिङ स्कूल र हेम्जा वोर्डिङ स्कूल तृतीय भए ।
ह्याण्डबल जुनियर छात्रा तर्फ ज्ञानज्योति विद्याकुञ्ज प्रथम, कास्की मोडनाईज्ड द्धितीय तथा अक्सफोर्ड स्कूल र हेम्जा वोर्डिङ स्कूल तृतीय भए । ह्याण्डबल जुनियर छात्र तर्फ ज्ञानज्योति विद्याकुञ्ज प्रथम, कास्की मोडनाईज्ड एकेडेमी द्धितीय तथा चिल्ड्रेन्र्स एकेडेमी र अञ्जुली बोर्डिङ स्कूल तृतीय भए ।
वास्केटबल सिनियर छात्रा तर्फ कास्की मोडनाईज्ड एकेडेमी प्रथम, न्यू ग्यालेक्सी द्धितीय तथा युनिभर्स वोर्डिङ स्कूल र गोर्खा वोर्डिङ स्कूल तृतीय भए । वास्केटबल सिनियर छात्र तर्फ कास्की मोडनाईज्ड एकेडेमी प्रथम, न्यू ग्यालेक्सी द्धितीय तथा अक्सफोर्ड स्कूल र गोर्खा वोर्डिङ स्कूल तृतीय भए ।
टेवुल टेनिस एकल सिनियर छात्रा तर्फ कास्की मोडनाईज्डकी जसना गुरुङ प्रथम, पुष्प सदनकी योगिता गुरुङ द्धितीय तथा फेवा वोर्डिङ स्कूलकी सन्तोषी पहारी र नेशनल क्रियसनकी प्रजीता भुजेल तृतीय भए । टेवुल टेनिस एकल सिनियर छात्र तर्फ कास्की मोडनाईज्डका रोशन क्षेत्री मगर प्रथम, गोर्खा वोर्डिङका सुरज देवकोटा द्धितीय तथा रत्नज्योतिका अभिषेक महत र साइनिङ स्टारका सन्दिप लिगल तृतीय भए ।
“एन प्याब्सान कास्कीको संकल्प ः खेलकुद शिक्षाको अभिन्न अंग” भन्ने मुल नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्याण्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित भएका थिए ।
महोत्सवमा नेसनल प्याब्सान, कास्कीमा आवद्घ ४५ विद्यालयका करिव ८ हजार खेलाडी विद्यार्थीले सहभागिता जनाएको र विद्यार्थी र अभिभावक गरी ३० हजारले अवलोकन गरेको एन प्याब्सान कास्कीको दावि छ । “खेलकुद महोत्सवले समग्र खेल क्षेत्रमा इट्टा थप्ने काम गरेको छ” एन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले भने– “महोत्सवलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सवै प्रति एन प्याब्सान कास्की आभार व्यक्त गर्दछ ।”
यस अघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेशनल प्याब्सानका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले खेल क्षेत्रको विकासमा एन प्याव्सान कास्कीको योगदान अतुलनिय रहेको बताए ।
गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका शिक्षा निर्देशक वावुराम ढुंगानाले विद्यार्थीलाई खेल क्षेत्रमा रुची जगाउने काम यो महोत्सवले गरेको बताए । नेशलन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनकाजी गुरुङले गरेका थिए ।