
पोखरा,२१ मंसिर ।
पञ्चासे क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्धेश्यका साथ आयोजित हाफ म्याराथन सशस्त्रका गणेश सिं ठकुरीले जितेका छन । उक्त हाफ म्याराथनमा विक्रम बोगटी क्रमश द्वितीय तथा सुमन कुलुङले तृतीय स्थान हासिल गरेका छन ।
विजेता धावकलाई क्रमश ७५ हजार, ५० हजार र ३० हजार नगद सहित प्रमाणपत्र प्रदान प्राप्त गरेका छन । बिजेता खेलाडीलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नगद, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए ।
त्यसै गरि पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ७ राम्जाठाँटीस्थित पशुपति माविको स्वर्णजयन्ती समारोहको बिहिबार उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको समृद्धिका लागि प्राविधिक एवम् व्यवसायिक शिक्षाको विकल्प नभएको बताएका छन ।पढेर केवल जागिर खाने मात्र सोचमा परिवर्तन अपरिहार्य भएकोमा जोड दिंदै उहाँले प्राप्त शिक्षालाई समाज र राष्ट्र हितमा उपयोग गर्नुपर्ने औल्याए ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री विकास लम्सालले पोखरालाई पर्यटनको राजधानि घोषणाका लागि संघसंग आवश्यक पहल भई रहेको बताए । मन्त्रि लम्सालले बढ्दो पर्यटक आगमनलाई दृष्टिगत गर्दै सरकारले होटल व्यवस्थापनका साथै घरबास कार्यक्रमलाई प्रभावकारी बनाउन लागेको बताए । सरकारको नीति तथा कार्यक्रममानै प्रदेश भित्र ३०० वटा होमस्टेको विकास गर्ने लक्ष्य राखिएकोमा प्रत्येकलाई पूर्वाधार विकासका लागि प्रथम चरणमा १० लाख रुपैया दिने उनले बताएका थिए ।
नेपालका लागि पाकिस्तानका राजदूत माझर जाभेदले नेपाल पाकिस्तान बीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अभैm प्रगाढ रहने बताउँदै दुई देश बीच शैक्षिक साझेदारी हुने उल्लेख गरे । राजदूत जाभेदले पशुपति माविको कक्षा एक देखि १० सम्म प्रथम हुने विद्यार्थी एवम् उक्त कक्षाका उत्कृष्ट छात्रालाई जनही १०–१० हजार छात्रवृत्तिका साथै अन्य सहयोग घोषणा समेत गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद पौडेलले विद्यालयका गतिविधिबारे प्रकाश पारेका थिए ।