काठमाडौमा पारा राष्ट्रिय च्याम्पियनसिप सुरु

पोखरा, १७ मंसिर ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप सोमबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको छ ।

पहिलो दिन उद्घाटन कार्यक्रम मात्र भयो । राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा उपाध्यक्ष तिम्सिनाले खेल सञ्चालनका सम्बन्धित संघका प्रतिनिधिलाई खेल सामाग्रीका साथै आर्थिक सहयोग पनि हस्तान्तरण गरेका थिए । कुल ४० लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

पुस १५ गतेसम्म चल्ने प्रतियोगितामा पारासंग सम्बन्धित विभिन्न १५ संघका १८ खेलको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १ हजार १ सय खेलाडीले १ सय ५० स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close