पश्चिमाञ्चल क्षेत्रिय उपाध्यक्ष गुरुङ सहित चार सदस्यले दिए राजिनामा

पोखरा, १७ मंसिर ।
नेपाली कांग्रेस सर्मथित पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका उपाध्यक्ष सहित चार जनाले राजीनामा दिएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलाई सम्बोधन गर्दै लेखेको राजिनामा पत्रमा उनीहरुले घरायशी कारण देखाएका छन ।

समितिका उपाध्यक्ष सुनिल गुरुङ सहित सदस्यहरु राजेन्द्र पहारी, देवेन्द्र केसी र राजु गुरुङले राजीनामा दिएका हुन । नेपाली कांग्रेस र नेकपा एमालेको तत्कालिन संयुक्त सरकार रहेको बेला परिषदले उनीहरुलाई २०७३ साउनमा मनोनित गरेको थियो । उनीहरुको कार्यकाल अझै ७ महिना बाँकी नै रहेको थियो ।

राखेप सदस्य सचिब विष्टलाई लेखेको राजिनामा पत्रमा हाल काँग्रेस सरकारमा नरहेको र परिवर्तित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै समितिले गर्ने कार्यसम्पादन, योजना निर्माण र कार्यान्वयनमा सहजता आओस भन्ने हेतुल राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएकोे छ ।

केही महिना अघि समितिका अध्यक्ष खगराज पौडेल अमेरिका गएपछि उपाध्यक्ष गुरुङलाई कार्यबाहक नदिई समितीका सदस्य सम्पन्न श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएकोमा उनीहरुको असन्तुष्टी रहेको थियो । गत महिना सदस्य सचिब बिष्टले श्रेष्ठलाईनै बाँकी कार्यकालका लागि अध्यक्षमा मनोनित गरेका थिए ।

राजनीतिक रुपमा पदीय विभेद गरेपछि रुष्ट बनेका काँग्रेस तर्फका पदाधिकारी र सदस्यहरुले एकमुष्ट रुपमा राजीनामा बुझाएका हुन ।
फोटोः डिएनए नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close