लेकसाइड डोजाङ्गको सहयोग विद्यालयलाई

पोखरा, १६ मंसिर ।
खेलकुदसंगै विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय पोखराको लेकसाइड डोजाङ्गले पोखरा–२० डाँडा गाउँमा रहेको देवी आधारभूत विद्यालयलाई स्विटर, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ ।

शनिबार एक समारोहका विच डोजाङ्ग प्रमुख प्रितम कुँवरले झण्डै ३० हजार बराबरको सहयोग सामग्री विद्याल व्यवस्थापन समितिका अध्यक्ष पवित्रा परियारलाई हस्तान्तरण गरे । सहयोग सामग्री बुझ्दै समितिका अध्यक्ष परियारले डोजाङ्गको सहयोग विद्यार्थीहरुका लागि हौसला भएको बताइन् । विद्यालयमा अध्यायनका लागि आउने विद्यार्थीहरु कमजोर आर्थिक अवस्थाको रहेका जनाउँदै विद्यार्थीहरुलाई उक्त सहयोग ठूलो सहयोग भएको विद्यालका प्रधानाध्यापक रामचन्द्र सुवेदी बताए ।

कार्यक्रममा बोल्दै डोजाङ्ग प्रमुख प्रितम कुँवरले डोजाङ्गले खेलकुदसंग विभिन्न सामाजिक एवं चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । विद्यार्थीलाई पढाई र खेलकुदसंगै सामाजिक कार्यतर्फ पनि अग्रसर पार्नुपर्नेमा उनले जोड दिए । डोजाङ्गका विद्यार्थीद्वय मनिष भट्टराई र उषा थारुले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close