काठमाडौं, १६ मंसिर ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टका पिता केवलमान विष्टको आइतबार निधन भएको छ ।
सुनसरीको इटहरी निवासी ९१ वर्षिय स्व. विष्टको हृदयघातका कारण निधन भएको हो । स्व. विष्टको सोमबार बिहान दाहसंस्कार गरिने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।