पोखरा एकेडेमीलाई हङकङ व्यूटि यू–१९ महिला ह्याण्डबल प्रतियोगिताको उपाधि

पोखरा १५, मंसिर ।
पोखरा एकेडेमीले प्रथम हङकङ व्यूटि १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१९) महिला ह्याण्डबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा रंगशालामा रहेको ह्याण्डवल एकेडेमीको खेल मैदानमा शनिबार भएको फाईनल खेलमा पोखरा एकेडेमीले न्यू ग्यालेक्सि स्कुललाई ८–३ को गोल अन्तरले पराजित गर्दै उपाधि सहित नगद १० हजारको साथमा ट्रफी मेडल प्रमाण–पत्र प्राप्त गरेको हो । उपविजेता भएको न्यू ग्यालेक्सिले भने ५ हजार प्राप्त गर्यो ।

प्रतियोगितामा पोखरा एकेडेमीकी दिप्ती गुरुङले ५ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि हात पार्दा न्यू ग्यालेक्सिकी सिमा गर्बुजा उत्कृष्ट खेलाडी घोषित भईन। विजयी खेलाडीहरुको टोलीलाई नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङ, सल्लाहकार रामबहादुर गुरुङ, संघका जिल्ला अध्यक्ष क्या.जग बहादुर गुरुङ, सचिव टेक बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

यस अघि मुख्य प्रायोजक हङकङ व्यूटि ईन्स्टिच्यूट प्रा.लि.का प्रमुख कार्यकारी निर्देशक प्रजित गुरुङले कार्यक्रममा बोल्दै महिलाहरुको शसक्त्तिकरणमा यस्ता प्रकारका ह्याण्डवल प्रतियोगिताहरुले धेरै सहयोग पुग्ने बताए ।

कार्यक्रममा तरेली सांस्कृतिक परिवारका कलाकारले विभिन्न सांगितीक प्रस्तुती राखेका थिए । उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको संघ कास्कीका सचिव टेक बहादुर गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close