शारीरिक सुगठनका बिजयी खेलाडीलाई नगद सहित सम्मान गरिने

पोखरा, ८ साउन । काठमाण्डौमा श्रावण ४ गते सम्पन्न १२ औं दक्षिण एशियाली बोडिविल्डिङ तथा फिजिक स्पोर्टस च्याम्पिएनशिप २०१९ मा राष्ट्रको शिर उच्च राख्न सफल पदक विजेता खेलाडीहरुलाई नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले ब्यक्तिगत रुपमा सम्मान गर्ने भएका छन् ।

संघले एक बिज्ञप्ती जारी गर्दै संघका अध्यक्षको तर्फबाट उक्त च्याम्पियनसिपमा स्वर्ण हात पार्नेलाई नगद ५० हजार, रजतलाई नगद ३० हजार र कास्यलाई नगद २० हजार प्रदान गर्ने निर्णय भएको जानकारी गराएको हो । १८ विधामा प्रतिस्पर्धा गराईएको च्याम्पियनसिपमा नेपालले भारतलाई पछि पार्दै ३ स्वर्ण ७ रजत र ६ कास्य जितेको थियो । टिम च्याम्पियन भने अफगानिस्तान रहेको थियो ।

यसै गरि थाइल्याण्डको बोडिलिल्डिङ तथा फिजिक स्पोर्टस एशोसियशनको आयोजनामा श्रावण ३१ देखि भाद्र १ गते सम्म थाइलैण्डको बैंककमा हुने एशिया प्यासिफिक च्याम्पियनशिपमा नेपालले १२ औ १२ औं दक्षिण एशियाली बोडिविल्डिङ तथा फिजिक स्पोर्टस च्याम्पिएनशिप २०१९ मा बिजयी तीन खेलाडी र एक अफिसियललाई समावेश गराउने निर्णय गरेको छ ।

उक्त च्याम्पियनसिपमा नेपालका समिर श्रेष्ठले सिनियर तर्फ ६५ केजीमा स्वर्ण हात पारेका थिए । नरेश मुनिकारले १६७ सेमिमाथीको पुरुष एथलेटिक्स फिजिकमा तथा मल्लिका शाक्यले महिला मोडल फिजिकमा स्वर्ण हात पारेका थिए । उनीहरुले सोही विधामा स्पर्धा गर्ने नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराए ।

साथै भाद्र २६ देखि असोज १, सम्म होहोत सिटस् इन्टर मंगोलिया चाइनामा हुने ५३ औं एशियन बोडिविल्डिङ तथा फिजिक स्पोर्टस च्याम्पियनशिप २०१९ मा शारीरिक सुगठन प्रतियोगितामा ३ जना, पुरुष स्पोर्टस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्समा ४ जना र पुरुष एथलेटिक्स फिजिक्समा २ जना तथा २ अफिसियल र २ निर्णायकहरु गरी जम्मा १३ जनाले सहभागिता जनाउने संघले जारी बिज्ञप्तीमा जनाईएको छ ।

कायस्थ र राजभण्डारी उपाध्यक्षमा चयन
नेपाल शारीरिक सुगठनका उपाध्यक्ष द्वय बिजय लाल कायस्थ र दिनेश राजभण्डारी दक्षिण एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् महासंघको उपाध्यक्षमा चयन भएका छन् ।

काठमाण्डौमा हालै सम्पन्न १२ औं दक्षिण एशियाली बोडिविल्डिङ तथा फिजिक स्पोर्टस च्याम्पिएनशिप २०१९ का दौरान भएको महासंघको बैठकले नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका प्रथम उपाध्यक्ष कायस्थ तथा उपाध्यक्ष राजभण्डारीलाई महासंघको उपाध्यक्षमा चयन गरेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close