बगर भाइ खलक एट–ए साइड फुटबल प्रतियोगिता माघ ८ बाट

पोखरा, १५ मंसिर ।
पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले हरेक वर्ष आयोजना गर्ने भेट्रान एट–ए साइड फुटबल प्रतियोगिता अन्र्तगत ८ औं संस्करणको “आठौं स्वर्गिय रंजित गुरुङ स्मृती बगर भाइ खलक एट–ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” यो वर्ष २०७५ माघ ८ देखि १२ गते (२०१९ जनवरी २२–२६) सम्म हुने संस्थाले जनाएको छ ।

“स्वास्थ्यका लागि एक घन्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम” भन्ने मूल नारा लाई आत्मसाथ गर्दै पोखरामा ७ बर्ष पहिला स्थापना भएको बगर भाई खलकले पोखराको टुडिखेल मैदानमा हरेक वर्ष एट ए साइड भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ भने अन्य सामाजिक कृयाकलापमा समेत उत्तिकै सकृय रहेकोछ ।

संस्था द्वारा यस वर्ष आयोजना गर्ने ८ औं संस्करणका लागि अध्यक्ष दिल बहादुर गुरुङको संयोजकत्वमा मुल आयोजक समिती गठन गरेको छ भने सह संयोजकमा तेज गुरुङ रहेका छन । यसै गरि अर्थिक उपसमितीको संयोजकमा इश्वर गुरुङ र सह सयोजकमा चक्र प्रसाद गौचन (खगेन्द्र), मंच ब्यबस्थापनमा ओंकार गिरी, प्राविधिक, अनुशासन तथा न्याययिक समितीमा दिनेश श्रेष्ठ, र टिम ब्यबस्थापनमा इश्वर गुरुङ (चन्द्र) रहेका छन ।

संस्था द्वारा प्रेषित विज्ञप्तीमा प्रतियोगिता सम्पन्न गर्न गठित अन्य ब्यबस्थापन उप समितीको संयोजकमा याम गुरुङ सचिबालय ब्यबस्थापनमा, धन गुरुङ (सन्तोष) यूवा तथा स्वयं सेबक परिचालनको संयोजकमा र सह–संयोजकमा खगेन्द्र गुरुङ रहेका छन । त्यसै गरि नारायण प्रसाद शर्मा शुरक्षा ब्यबस्थापन, ईश्वर गुरुङ(चन्द्र) पुरुस्कार तथा प्रमाणपत्र, बाबुराम पौडेल स्वास्थ्य तथा प्राविधिक, प्रदिप राई (दारा सिंह) खेल मैदान ब्यबस्थापन, मानकाजी गुरुङ प्रचार प्रसार, रमेश कुमार श्रेष्ठ अतिथी सत्कार, मदन केसी अन्तर्राष्ट्रिय सम्पर्क, र हिटलर घले यातायत, भोजन तथा बसोबास उप समितीको संयोजकमा रहेका छन ।

प्रतियोगितामा बिजेता टिमले नगद रु १ लाख र उपबिजेताले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । गत वर्ष सम्पन्न ७ औं सस्करणमा आयोजकनै बिजेता रहेको थियो ।

यसैगरि संस्थाका अध्यक्ष गुरुङका अनुसार यहि मंसिर १८ देखि २२ गते सम्म हेटौडामा आयोजना हुने भेट्रान फुटबल प्रतियोगितामा बगर भाइ खलकले दुइ टिम सहभागिताका लागि पठाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close