
पोखरा, १४ मंसिर ।
नेपालका आरभ हाडा र शर्भानी श्रेष्ठ पोखरा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा जित हासिल गर्दै आरब र शर्भानीले उपाधी सहित एटिएफको २ सय अंक आफ्नों नाममा थप गराए ।
पुरुष एकलतर्फको फाइनल खेलमा नेपालका शिर्ष वरियता प्राप्त आरबहले पाकिस्तानका शिर्ष वरियता प्राप्त हसिस् कुमारलाई ६–०, ५–७ र ६–१ को सेटमा पराजित गरे । त्यस्तै शर्भानीले भारतकी प्रियांशी चौहानलाई ६–२ र ७–५ मा पराजित गरिन् ।
प्रतियोगितामा पुरुषतर्फ तेश्रो स्थान हाँसिल गरेका नेपालका अकी जुवेन रावतले अएटिएफको १०० तथा चौंथो स्थान हाँसिल गरेका इभान जोशिले ८० अंक जोड्न सफल भए । महिलातर्फ नेपालकै अजा रेग्मीले १०० तथा सुभाङ्गी लक्ष्मी शाहले ८० अंक बटुलिन् ।
विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजन गरेको पोखरा टे«कर्स इनका प्रतिनिधी डा. सोनिय भण्डारी, आयोजक संघका उपाध्यक्ष नारायण पहारी, सल्लाहकार गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का महासचिव दिल गौतम, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वाध्यक्ष विनोद लामिछाने लगायतले मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरे ।
संघ कास्कीका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको समापन समारोह महासचिव नविन चालिसे लगाएतले बोलेका थिए ।