ट्रेकर्स इन एटिएफः नेपालका आरब र पाकिस्तानका हासिस् बिच उपाधि भिडन्त हुने

पोखरा, १३ मंसिर ।
नेपालका शिर्ष वरियता प्राप्त आरब हाडा र पाकिस्तानको दोश्रो बरियतामा रहेका हासिस् कुमार पोखरामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट २ को उपाधीका लागि भिड्ने भएका छन् ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत बिहिबार भएको सेमिफाइनल खेलमा आरबले नेपालकै इभ्याक जोशिलाई ६–१, ६–१ मा तथा हासिस्ले नेपालका अकि जुवेन रावतलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् ।

महिला डबल्सतर्फको उपाधी भारतका प्रियंसी चौहान र नेपालका सुभाङ्गि लक्ष्मी शाहको जोडीले जितेको छ । भारतका मिलि छुज र नेपालका अजा रेग्मीको जोडीलाई ६–१, ७–५ को सेटमा पराजित गर्दै चौहान जोडीले सो उपाधी रक्षा गरेको हो ।

पुरुष डबल्सतर्फको उपाधी पाकिस्तानका हसिस् कुमार र नेपालका अकि जुवेन रावतको जोडीले जितेको छ । हसिस् जोडीले फाइनलमा नेपालका आरब हाडा र प्रणव मानन्धरको जोडीलाई ६–३, ७–५ को सेटमा पराजित गर्दै प्रथम स्थान हाँसिल गरेका हुन् । प्रतियोगिताको फाइनल खेल तथा समापन शुक्रबार हुने आयोजक संघका महासचिव नविन चालिसेले जानकारी दिएका छन् ।

Back to top button
Close
Close