पोखरामा जेपी क्रस बिद्यालय स्तरीय छात्र-छात्रा बास्केटबल प्रतियोगिता सुरु

पोखरा, १३ मंसिर ।
कास्की जिल्ला बास्केट बल संघको आयोजना तथा कर्णेल जेपी क्रसको मूख्य प्रायोजनमा बिहिबार देखि पोखरामा १६ औं संस्करणको विद्यालय स्तरिय छात्र–छात्रा बास्केटबल प्रतियोगिता सूरु भएको छ ।

बिहिबार भएको छात्र तर्फको पहिलो खेलमा लिटिल स्टेप माविले सिद्धार्थ बोर्डिङ स्कुललाई ५५–१८ को स्कोरले पराजित गरेको छ । दोश्रो खेलमा भने कास्की मोर्डनाईजले कुमुदीनि होम्स स्कुललाई ४८–३९ को स्कोरले पराजित गर्यो । हिल प्वाईन्टले रेन्वो एकेडेमीलाई ३९–१५ को स्कोरले, टप्सले पोखरा यूनाईटेडलाई ५८–१८ को बिशाल स्कोरको अन्तरले र छात्र तर्फको अर्को खेलमा बाल कल्याणले सरस्वती बिद्याआश्रमलाई ४९–२६ स्कोरले पराजित गर्यो ।

छात्रा तर्फको पहिलो खेलमा भने टप्स उच्च माविले लिटिल स्टेपलाई ३१–१२ को स्कोरले पराजित गर्दा अर्को खेलमा माउन्ट अन्नपुर्णले बि.एम.बी.लाई २२–४ को स्कोरले पराजित गरेको हो । बिहिबारको अन्तिम खेलमा हिल प्वाईन्टले सोसियल पब्लिक स्कुललाई १९–२ को स्कोरले पराजित गर्यो ।

कास्की जिल्ला बास्केट बल संघको आयोजना र कर्णेल जे.पी. क्रसको मूख्य प्रायोजनमा यही मंसिर १७ गतेसम्म पोखरामा संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन संघका संरक्षक कर्णेल जे.पी.ले गरेका हुन ।

संघका अध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ, नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङ, पोखरा महानगरपालिकाका बरिष्ठ कानुन अधिकृत नारायण शर्मा, संघका सचिव कृष्ण गुरुङ, सदस्य अर्जुन परियार लगायतले वोलेका थिए ।

प्रतियोगितामा छात्रतर्फ २१ र छात्रातर्फ १४ विद्यालयले सहभागिता जनाएको संघले जनाएको छ । छात्रछात्रा दुबैतर्फ प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ६ हजार र तृतीय हुने टिमले ४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन ।

यसैबिच, तमु धिं यू.के.का नन्दजंग गुरुङ, मुछेत्र गुरुङ सहितको टीमलाइ उदुघाटन सत्रमा स्वागत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close