पोखरामा हङकङ व्यूटि यू–१९ महिला ह्याण्डबल प्रतियोगिता सुरु

महिला शसक्त्तिकरणको लागि खेल आवश्यक छ सांसद गुरुङ
पोखरा १३, मंसिर ।
लेट्स प्ले ह्याण्डवलको समुह र पोखरा एकेडेमी प्रथम हङकङ व्यूटि १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१९) महिला ह्याण्डबल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेका छन । बिहिबार देखि पोखरामा सुरु भएको उक्त प्रतियोगितामा लिग चरणका दुई/दुई खेलमा जित हासिल गरेसंगै दुबै टिम अन्तिम चारमा स्थान बनाएका हुन ।

पोखरा रंगशालामा हालै करिब एक करोडको लागतमा निमार्ण भएको ह्याण्डबल एकेडेमीको मैदानमा भएको उद्घाटन खेलमा लेट्स प्ले ह्याण्डवलको समुहले लिटिल स्टेपलाई २ को बिरुद्ध ९ गोल गरी विजयी सुरुवात गरेको हो । लिग चरणको दोश्रो खेलमा लिट्र्स प्ले ह्याण्डबलको समुहले रेन्वो एकेडेमीलाई १२–२ को फराकिलो गोल अन्तरले पन्छाउदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

बिहिबार भएको अर्काे खेलमा पोखरा एकेडेमीले न्यू–ग्यालेक्सिलाई १२–२ को फराकिलो गोल अन्तरले पन्छाउदा अर्को खेलमा पोखरा एकेडेमीले माउन्ट अन्नपूर्ण क्लवलाई एकको बिरुद्ध ११ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाईनलमा यात्रा बनाएको हो ।

कास्की जिल्ला ह्याण्डवल संघको आयोजनामा,नेपाल ह्याण्डबल संघको प्राबिधिक सहयोगमा यही मंसिर १५ गतेसम्म पोखरामा संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद मिना गुरुङले महिलाहरुको सशक्तिकरणको लागि खेल आवश्यक भएको बताएकीछन। खेलले महिलाहरुमा भएको प्रतिभा प्रष्फुटन हुनुका साथै उनीहरुमा समाजमा केहि गर्नु पर्छ भन्ने सामुहिक भावनाको विकास हुने समेत उनको भनाई थियो ।

नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङले उक्त प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । संघका जिल्ला अध्यक्ष एवं प्रतियोगिताका संयोजक क्या. जगबहादुर गुरुङको अध्यक्षतामा उद्घाटन सत्र समापन भएको प्रथम उपाध्यक्ष चित्र बहादुर थापाले बताए ।

पोखरामा रहेको हङकङ व्यूटि ईन्स्टिच्यूट प्रा.लि.को मुख्य प्रायोजनमा लिग कम नकाउटका आधारमा पोखरामा हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको संघ कास्कीका सचिव टेक बहादुर गुरुङले बताए । विजेताले १० हजार र उपबिजेताले ५ हजारको साथमा ट्रफी मेडल प्रमाण–पत्र प्राप्त गर्ने भएकाछन । समुह ए तर्फ लेट्स प्ले ह्याण्डवल, लिटिल स्टेप र रेन्वो एकेडेमी रहेकाछन भने समुह बि तर्फ पोखरा एकेडेमी, न्यू–ग्यालेक्सि र माउन्ट अन्नपुर्ण रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close