
पोखरा १२ मंसिर ।
युनाईटेड क्लवको आयोजनामा पोखरामा मंसिरको २५ देखी २९ सम्म प्रथम युनाईटेड कप खुल्ला बास्केटवल प्रतियोगिता हुने भएको छ । पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुल, पर्यटन प्रर्वद्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लवले यो वर्ष आफ्नो खेलकुदको कार्यक्रम अन्तर्गत खुल्ला महिला, पुरुष तथा पौढ बास्केटवल प्रतियोगिताको आयोजना गर्न लागेको बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
यसअघिपनि युनाईटेड सेभेन ए साइड फुटवल प्रतियोगिता समेत सम्पन्न गरिसकेको क्लवले नेपालको समग्र बास्केटवलको बिकासमा महत्वपूर्ण योगदान दिदै स्थानिय स्तरमा नया पुस्ताको बास्केटवल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम युनाईटेड कप खुल्ला बास्केटवल प्रतियोगिताको आयोजना गर्न लागेको क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।
मंसिर २९ सम्म अमरसिंह माविको बास्केटवल खेल मैदानमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ २० टीमको सहभागीता रहनेछ भने महिला तर्फ ७ टीमले सहभागीता जनाउने छन । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टीमले नगद १ लाख, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन भने दोश्रो हुने टीमले नगद ४० हजार, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
महिला तर्फभने प्रथम हुने टीमले नगद २० हजार, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो हुने टीमले नगद १० हजार , शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने पौढतर्फ प्रथम हुनेलाई नगद २५ हजार, शिल्ड मेडल र प्रमाण पत्र र दोश्रो हुनेले नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक तथा क्लवका सदस्य विष्णु गुरुङले वताए ।
गुरुङका अनुसार प्रतियोगितामा सहभागीता जनाउनका लागी टीम दर्ता शुल्क पुरुष तर्फ ७ हजार ५ सय, महिला तर्फ ४ हजार र पौढ तर्फ ५ हजार राखिएको छभने प्रतियोगिताबाट अनुुमानित ५ लाख आम्दानी र ३ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितााबाट बचत भएको रकम युनाईटेड क्लवले काम गर्दै आइरहेको शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन अन्तर्गतका हरेक कार्यक्रममा खर्च गरिने गुरुङको भनाइ रहेको छ ।
यसैविच क्लवले तिहारको अवसरमा आयोजित देउसी भैलो कार्यक्रममा संकलन भएको साढे दुइलाख रुपैया क्लवले राहत कोष स्थापना गरेको अध्यक्ष गुरुङले वताए । कुनैपनि दैवी प्रकोप आइपरेको खण्डमा उक्त कोषबाट रकम प्रदान गर्ने गरी राहत कोष स्थापना गरिएको वताउदै युनाईटेड क्लव सधै सामाजिक काममा निरन्तर लागी पर्ने गुरुङको भनाइ रहेको छ ।