ट्रेकर्स इन एटिएफ टेनिसः सौगात, श्रेया, अचिन्त्या र श्रियासको जितको यात्रा जारी

पोखरा, १२ मंसिर ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट २ अन्तर्गत बुधबार महिलातर्पmको खेलमा पोखरेली खेलाडी श्रेया भट्टराईले उत्कृष्ट खेल प्रदर्शन गर्दै जित हाँसिल गरेकि छन् ।

श्रेयाले नेपालकै आध्या पौडेललाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै आइटिएफमा अंक थपिन् । महिलातर्फनै बुधबार भएका अन्य खेलहरुमा इशा श्री शाहले सुनिरा थापालाई ६–२, ६–२ ले, सुभाङ्गि लक्ष्मी शाहले प्रकृती श्रेष्ठलाई ६–४, ६–३ ले पराजित गरिन् ।

पुरुषतर्फको खेलमा पनि पोखराका सौगात विकले सफल श्रेष्ठलाई ६–०, ६–३ को सहज सेटमा पराजित गरे । त्यस्तै भारतका आचिन्त्या बर्माले नेपालका चिराग तिमिल्सीनालाई ६–७, ६–४ र ६–२ को कठिन सेटमा पराजित गरे भने प्रितम परियारले विजयी यात्रालाई निरन्तरता दिने क्रममा निहाल जंगबहादुर थापालाई ६–१, ७–६ ले पराजित गरे ।

बुधबारका अन्य खेलहरुमा श्रीयास पौडेलले श्रीयोग अधिकारीलाई ६–३, ३–६ र ६–३ ले, राजबिर प्रधानले भारतका आयुष भारद्धाजलाई ६–०, ६–३ ले, आयुष्मान हजुर घलेले सञ्जय पहारीलाई ६–०, ६–३ ले तथा सक्षम विक्रम शाहले आयुष पहारीलाई ६–०, ६–२ ले पराजित गरेका छन् । प्रतियोगिता अन्तर्गत बिहिबार डबल्सफर्तका फाइनल खेल तथा शुक्रबार सिंगल्सतर्फका फाइनल हुने आयोजक संघका महासचिव नविन चालिसेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close