
पोखरा १२, मंसिर ।
प्रथम हङकङ व्यूटि १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१९) महिला ह्याण्डबल प्रतियोगिता बिहिबार देखि पोखरामा हुने भएको छ । कास्की जिल्ला ह्याण्डवल संघको आयोजनामा, नेपाल ह्याण्डबल संघको प्राबिधिक सहयोगमा यही मंसिर १५ गतेसम्म पोखरामा उक्त प्रतियोगिता हुने भएको संघका जिल्ला अध्यक्ष एवं प्रतियोगिताका संयोजक क्या.जगबहादुर गुरुङले बताए ।
पोखरामा रहेको हङकङ ब्यूटि ईन्स्टिच्यूट प्रा.लि.को मुख्य प्रायोजनमा लिग कम नकाउटका आधारमा पोखरामा हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको संयोजक गुरुङले जनाए । विजेताले १० हजार र उपबिजेताले ५ हजारको साथमा ट्रफी मेडल प्रमाण–पत्र प्राप्त गर्ने भएकाछन । समुह ए तर्फ लेट्स प्ले ह्याण्डबल, लिटिल स्टेप र रेन्वो एकेडेमी रहेकाछन भने समुह बि तर्फ पोखरा एकेडेमी, न्यू–ग्यालेक्सि र माउन्ट अन्नपुर्ण रहेका छन ।
विहिबारको उद्घाटन खेल लेट्स प्ले ह्याण्डबल बिरुद्ध लिटिल स्टेप बिच हुने भएको संघ कास्कीका सचिव टेक बहादुर गुरुङले बताए । उनका अनुसार विहिबार लिग चरणका ४ वटा खेल हुने भएको छ ।
पोखरामा हालै ९० लाखको लागतमा निमार्ण भएको ह्याण्डबल एकेडेमीको मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिताबाट उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई राष्ट्रिय स्तरको खेलमा समेत सहभागि गराउन सकिने भएको नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङले बताए ।
फायल फोटो