
पोखरा, १२ मंसिर ।
पोखराको भाटभटेनीमा पोखरा स्काइ स्पोर्टस् संचालनको तयारी गरिएको छ । पोखरामा एउटै छानामुनी मानिसको जीवनशैली प्रष्टसँग झल्किने यस्तो हब पहिलोपटक निर्माण गरिएको हो ।
यो नेपालमै पहिलो कन्सेप्ट हो । रेष्टुरेन्टले ग्राहकहरुलाई नै लक्षित गरि विशेष हाइजेनिक फूड उपलब्ध गराउने रेस्टुरेन्ट, बार र क्याफेलाई पनि सँगै संचालनमा ल्याएको छ रेष्टुरेण्टसँगै खेलकुदलाई प्राथमिकता संरचना निर्माण गरिसकेको छ । स्काई स्पोर्टस्मा फुटसलका लागि दुईवटा ग्राउण्ड छन् । खेलकुदको माध्यमबाट पोखरा शहरका मानिसहरुलाई स्वास्थ्य जीवन जिउन सन्देश दिने लक्ष्य रहेको छ, पोखरा स्काई स्पोर्टस्का अध्यक्ष सुजन गुरुङले भने, यहाँ फुटसल, लन टेनिस, जिम, जुम्बा, कार्डियो, साउना स्टिम, ज्याक्युजी, पुलसगैँ भर्चुअल रियालीटी र प्ले–स्टेशनको सुविधा रहेको छ । यसका साथै खेल सगै हाइजेनिक खाना खुवाउने उद्धेश्यले रेष्टुरेण्ट पनि संचालन गरिएको उनले बताए ।
पोखराबाट देखिने सबै हिमालहरुको मनोरम दृश्य देख्न सकिने उक्त स्थानमा ग्राहकको क्षमता अनुसार खेलकुदमा प्याकेजको व्यवस्था गरिएको छ । उक्त रेष्टुरेन्टमा एकै पटकमा १ सय जना भन्दा बढीले सगै बसेर खान मिल्ने र व्यवस्थीत ढङ्गले खेल सगै आराम गर्ने रेष्टुरेन्ट, बार र क्याफेको सुविधाले युवावर्गलाई आकर्षित गर्ने निर्देशक हर्वराज गुरुङले जानकारी दिए । उनका अनुसार ग्राहकको लागी सिल्भर, गोल्ड र प्लाटिनम गरि तिनवटा कार्ड र सोही अनुसारको सुविधाको प्याकेज रहेको छ ।
लगभग ६ करोडको लगानीमा बनेको स्काइ स्पोर्टस र रेष्टुरेन्टको केही काम अझै बाँकी रहेको पोखरा स्काई स्पोर्टस्का प्रमुख सुदीप दवाडीले जानकारी दिए । उनका अनुसार यही मंसिर २८ गतेदेखि तीन दिनसम्म उद्घाटनको अवधी राखिएको छ । बिभिन्न खेलहरु हेर्नका लागि ३ सयदेखि ५ सय जना अटाउन सक्ने दवाडीले बताए । खेल्न र खान जाने सबै ग्राहकलाई टिकट स्टिम राखिएको छ । मंसिर २८ गते देखि उद्घाटन गर्ने कार्यक्रममा चर्चित गायक दीपक बज्राचार्य लगाएतका अन्य कलाकारहरुले साँगितिक प्रस्तुति दिनेछन् ।
तस्बिरः सुदर्शन रंजित