
पोखरा स्पोर्टस । स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेको छ ।
गएराती सम्पन्न आइसीसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्गतको खेलमा स्कटल्याण्डले नेदरल्याण्डसमाथि ४४ रनले पराजित गरेको हो ।
स्कटल्याण्डले दिएको २६३ रन्को लक्ष्य पछाएको नेदरल्याण्डसले ४५ ओभरमा अल आउट हुदै २१८ रन मात्र बनाएको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै २६२ रन बनाएको थियो ।
यो जितपछि लिग–२ मा स्कटल्याण्डको १८ खेलमा २२ अंक भएको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको २२ खेलमा २६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
अब जारी सिरिज अन्तर्गत अर्को खेल आइतबार नेपाल र स्कटल्याण्डबीच हुदै छ ।
