
पोखरा, १० मंसिर ।
मस्र्याङदी नदीमा जारी १७ औ हिमालयन ह्वाईट वाटर च्यालेन्ज कायाकिङ प्रतियोगितामा आइतबार सम्पन्न स्ट्रिम सलालम तर्फको उपाधी बेलायतका प्रीतम गुरुङले हात पारेका छन । गुरुङले १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै ५ सय मीटरको दुरी १ मिनेट ३३ सेकेण्डमा पार गर्दै उपाधी रच्न सफल भएका हुन । प्रतियोगितामा सागर गुरुङले १ मिनेट ३७ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरेभने बेलायती खेलाडी माट स्टेफेनले तेश्रो स्थान हासिल गर्न सफल भए ।
महिला तर्फ भने जर्मनी खेलाडी भेरा निसले स्ट्रिम सलालमको उपाधी हासिल गरिन । भेराले निर्धारित दुरी २ मिनेट ४६ सेकेण्डमा पार गर्दै उपाधी हात पार्न सफल भइन भने आइरिसकी महिला खेलाडी शुसन डोयलले निर्धारित दुरी २ मिनेट ९८ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गर्न सफल भइन भने क्यास इमारीले निर्धारित दुरी ३ मिनेट ८६ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरिन ।
प्रतियोगितामा सोमबार हेड टु हेड वोर्डर क्रस विद्यामा खेल हुने नेपाल एसोशियसन अफ ¥याफ्टिङ एजेन्सीका अध्यक्ष निम बहादुर मगरले वताए । प्रतियोगितामा बेलायत, फ्रान्स, अमेरिका, क्यानडा, नर्वे, स्वीडेन, स्पेन, न्यूजिल्याण्ड तथा अष्ट्रलिया लगायतका पुरुष र महिला गरि सय भन्दा बढि कायकरहरुले सहभागीता जनाएका छन ।