
पोखरा, ९ मंसिर ।
कास्कीका विभिन्न खेलकुद निर्माण योजनाका लागि चालु आबमा खर्च गरिने रकम उपभोक्ता समिती खर्च गर्न आइतबार समिती गठन गर्ने प्रक्रिया सम्पन्न गरेको छ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठको उपस्थितीमा भएको कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका २५ हेमजाको गौरी शंकर खेल मैदान स्त्तरोन्नती, पोखरा १९ स्थित गोष्तेघाट खेल मैदानको स्त्तरोन्नतीका लागि उपभोक्त समिती गठन गरिएको हो ।
चालु आबमा यूवा तथा खेलकुद मन्त्रालयले गौरी शंकर खेल मैदान स्त्तरोन्नतीका लागि ५० लाख छुट्टाएको छ । राष्ट्रिय खेलकुद परिषद मार्फत क्षेत्रिय कार्यालयमा रकम प्राप्त भइसकेकोले अब उक्त मैदानको नाला बनाउने र मैदान लेभलिङको काम गरिने पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका प्राविधिक प्रनिश ताम्राकारले बताए ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास सिमितीका कार्यालय प्रमुख लक्ष्मण योगीका अनुसार हेमजा खेलमैदान स्तरोन्नतीका लागि कृष्ण बहादुर कुँवरको अध्यक्षतामा ११ सदस्यिय उपभोक्ता समिती गठन गरिएको छ । उक्त खेल मैदान स्तरोन्नतीका लागि पनि परिषदले १२ लाख खर्च गरेको छ भने स्थानिय समुदायले ३० लाख खर्च गरेका छन । उपभोक्ता समितीका अध्यक्ष कुवरका अनुसार हेमजा युनाइटेडको पहलमा समुदायले चेन्जिङ रुम बनाउन ३० लाख खर्चिको हो भने तार घेरा र पर्खाल निर्माणका लागि १२ लाख खर्च भइसकेको छ ।
यसै गरि गोष्ते घाट खेल मैदानको स्तरोन्नतीका लागि मन्त्रालयले यस पटक पुनः ५० लाख छुटुटाएको छ । उक्त रकम मैदानमा प्यारापिट निर्माणका लागि खर्च गरिने भएको प्राविधिक ताम्राकारले बताए । पोखरा १९ लामाचौर सेती नदी किनारमा अवस्थित उक्त खेल मैदानलाई १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेलमा समेत प्रयोगमा ल्याउन मिल्ने गरि तयार गरिने भएको हो । क्षेत्रिय अध्यक्ष श्रेष्ठले यो मैदान साग खेलका समयमा प्रशिक्षणका लागि महत्वपूर्ण हुने बताए ।
गोष्तेघाटको खेल मैदानमा आएको ५० लाख खर्च गर्न सुरेन्द्रमान सिंह भण्डारीको अध्यक्षतामा उपभोक्ता समिती गठन गरिएको हो । उक्त रकम बाट अब गोष्तेघाटमा ४ हजार दर्शक क्षमताको प्यारापिट निर्माण हुने भएको छ । मैदानको पुर्ब तर्फ ५ र उत्तर तर्फ ५ लेनको प्यारापिट निर्मााण हुने भएको हो । गोष्तेघाट मैदानमा यस अघि १ करोड ८० लाख खर्च भइसकेको छ । १ करोड ३० लाख परिषद बाट, १५ लाख सांसद बिकास कोष बाट र स्थानिय स्रोतसाधन बाट ३० लाख खर्च गरिएको स्थानिय समाजसेबी एवम खेलप्रेमी बुद्धी भण्डारीले बताए । उक्त मैदानको नजिक बाट भएर बग्ने सेती नदीको नियन्त्रणका लागि जल उत्पन्न प्रकोपले ७० लाख खर्चिएको छ ।
यसै गरि पोखरा रंगशाला स्थित आर्चरीका लागि आएको १० लाखले खेलाडीको चेन्जिङ रुमलाई टायल राखेर ब्यवस्थित गराउने भएको प्राविधिक ताम्राकारले बताए । १३ औं साग अन्र्तगत आर्चरी पोखरामा हुने भएकोले पनि आर्चरीको खेलाडी चेन्जिङ रुमलाई लाई टायल राखेर ब्यबस्थित गर्न लागिएको हो । यसै गरि चालु आब मा ब्याडमिन्टनका लागि पनि १० लाख खर्च गरिने छ । यद्यपी अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन कोर्ट निर्मााणाधिन अवस्थामा छ ।
क्षेत्रिय खेलकुदले उपभोक्ता समिती गठन गरि निर्माण स्त्तरोन्नती गरिने खेल मैदानहरुको क्षेत्रिय सदस्य देबेन्द्र बास्तोलाले अनुगमन गर्ने गरि तोकेको छ । आइतबार सम्पन्न भेलाहरुमा कास्की जिल्ला खेलकुद बिकास समितीका तर्फ बाट सदस्य दिपक तिमिल्सीनाले उपस्थिती जनाएका थिए । क्षेत्रिय अध्यक्ष श्रेष्ठले सबै कामहरु समयमानै सम्पन्न गर्न सबै उपभोक्ता समितीलाई संयुक्त बैठक राखेर निर्देशन दिएको बताए । “हामी उहाँहरुको काममा कुनै बाधा हाल्दैनौ तर सबै काम प्राविधिकले तोके बमोजिम समयमानै सम्पन्न हुनु पर्छ” श्रेष्ठले भने ।