
पोखरा, ९ मंसिर ।
अन्तर मावि स्तरीय सिक्स ए साइड फुटबल प्रतियोगिता छैटौं केब्स कप २०७५ को उपाधि आयोजक कञ्चनजंघा बोर्डिङ स्कुलले जितेको छ । पोखरा ११ फुलवारीस्थित कञ्चनजंघा बोर्डिङ स्कुलद्वारा आफ्नै खेल मैदानमा आयोजित प्रतियोगिताको सम्पन्न फाइनल खेलमा अक्सफोर्ड बोर्डिङ स्कुललाई पेनाल्टीमा पराजित गर्दै कञ्चनजंघाले उपाधि जितेको हो ।
निर्धारित समयमा २–२ गोल पश्चात पेनाल्टी सुट आउटबाट विजेता बनेको कञ्चनजंगा बोर्डिङ स्कुल बिजयी भएको हो ।
विजेता कञ्चनजंघा २० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो भने उपविजेतामा चित्त बुझाउनु परेको अक्सफोर्ड बोर्डिक स्कुल १२ हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्रबाट पुरस्कृत बन्यो ।
३१ टिमको सहभागीता रहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी कञ्चनजंघाका सागर गुरुङ, उत्कृष्ट गोलरक्षक कञ्चनजंघाकै प्रमिश गुरुङ, ७ गोल गर्दै सर्वाधिक गोलकर्ता अक्सफोर्डका प्रकाश लामा, अनुशासित टीम ग्लोबल कलिजियट, सर्वोत्कृष्ट प्रशिक्षक कञ्चनजंघाका प्रशिक्षक शिब भट्टराई, उत्कृष्ट प्रशिक्षक अक्सफोर्डका लक्ष्मण बाँस्तोला घोषित हुदै पुरस्कृत भए ।
“खेल खेलौं, निरोगी बनौ” भन्ने मुल नाराका साथ आयोजित छैटौं कञ्चनजंगा बोर्डिङ स्कुल कप २०७५ को समापन समारोहमा पोखरा महानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष माधवप्रसाद बाँस्तोलाले बिजयी टिम तथा खेलाडीलाई पुरुस्कार वितरण गरेक थिए । कञ्चनजंघा माबीका अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको समापन समारोहमा डाइरेक्टर श्रीजंग गुरुङले स्वागत गरेका थिए ।
प्रतियोगिताबाट वचत रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने पुनित उद्धेश्य रहेको छ । विगतका प्रतियोगिताबाट छात्रवृत्ति प्राप्त २ जनाले एसइइ उतिर्ण गरेको र ३ जनाले छात्रवृत्ति प्राप्त गरिरहेकाछन् ।