युएई विनर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल उपविजेता

पोखरा, ८ मंसिर ।
युएईको आबुधाबीमा भएको विनर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोली दोश्रो भएको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा रोजगारीको सिलसिलामा युएईमै रहेका नेपाली खेलाडी टोलीले २ स्वर्ण, ३ रजत र ३ कांस्य जितेका थिए ।

लक्ष्मण थापा मगर र शेखर श्रेष्ठले स्वर्ण तथा मनबहादुर लिम्बू, उत्तम गुरुङ र राजिव सुनारले रजत जिते । त्यस्तै उत्तमसहित रामु सुनार र मनोज काउछाले कांस्य हात पारेको प्रवाशी सितोरियो करातेका महासचिव रामु सुनारले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close