अन्तर्राष्ट्रिय गेरोगी तथा पुम्से रेफ्रीमा अशोक उत्तीर्ण

पोखरा, ८ मंसिर ।
तेक्वान्दोका अशोक खड्का अन्तर्राष्ट्रिय गेरोगी तथा पुम्से रेफ्री सेमिनारमा उत्तीर्ण भएका छन् । भारतको मुम्बइमा गत सेप्टेम्बर २४ देखि अक्टोबर १ तारिखसम्म भएको सेमिनारको गेरोगीमा अशोकसहित ७ तथा पुम्सेमा अशोकसहित ३ नेपाली रेफ्रीले सहभागिता जनाएका थिए ।

गेरोगीमा ३ तथा पुम्सेमा २ नेपाली रेफ्री उत्तीर्ण भएका थिए । अशोकसहित गेरोगीमा रमेश श्रेष्ठ र विश्वराज राई तथा पुम्सेमा विक्रम खड्की उत्तीर्ण भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close