पोखरामा अन्तर विद्यालय एथलेटिक्स सम्पन्न

कार्तिक ८,पोखरा ।
कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा शनिबार पोखरा रंगशालामा अन्तर विद्यालय छात्र छात्रा एथलेटिक्स प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १५ सय मिटर र सय मिटर दौड तथा लङ्गजम्पमा कास्कीका २६ विद्यालयका १ सय ११ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिता अन्तर्गत छात्र १५ सय मिटर दौडमा गोगन माविका स्माइल भण्डारी प्रथम, सैनिक आवासिय माविका मदन पौडेल द्वितिय तथा अमरसिंह माविका विनोद गुरुङ्ग तृतीय भए । छात्रा १५ सय मिटरमा कुमुदिनी होम्सका ललिता लामिछाने प्रथम, छोरेपाटन माविका ललिता सुवेदि द्धितिय तथा गौरिशंकर माविका ओममाया फगामी तृतीय भइन् ।

सय मिटर छात्र दौडमा लक्ष्मी आदर्श माविका सुदिप जोशि प्रथम, सैनिक आवासिय माविका विपिन थापा द्वितिय, सैनिककै प्रज्वल प्याकुरे तृतीय भए । सय मिटर छात्रातर्फ गौरिशंकर माविका अनिषा भण्डारी प्रथम, कास्की मोर्डनाइजका कुसुम गुरुङ्ग द्धितिय तथा सगरमाथा माविका रञ्जिला रोक्का तृतीय भए ।

छात्र लङ्गजम्पमा सैनिक आवासिय माविका विपन थापा प्रथम, कुमुदिनी होम्सका सागर नेपाली द्धितिय तथा छोरेपाटन माविका राजन थापा मगर तृतीय भए । छात्रातर्फ कास्की मोर्डनाइजका कुसुम गुरुङ्ग प्रथम, गौरिशंकर माविका अनिषा भण्डारी द्धितिय तथा गौरिशंकर माविकै रञ्जिला रोक्का तृतीय भए ।

प्रतियोगितामा छात्रतर्पm सैनिकका विपिन थापा तथा छात्रातर्फ गौरिशंकरका अनिषा भण्डारी र कास्की मोर्डनाइजका कुसुम गुरुङ्ग उत्कृष्ट खेलाडी भए । नियमित एथलेटिक्स प्रशिक्षण गरिहेका खेलाडीद्वय राजेन्द्र तामाङ्ग र ललिता लामिछानेलाई पनि एक एक जोर जुत्ता पुरस्कार प्रदान गरिएको थियो ।

विजयी खेलाडीहरुलाई समारोहका प्रमुख अतिथि त्रिमूर्ती ह्याचरिका सशांकमणी भट्टराई, आयोजक संघका अध्यक्ष हरि बरुवाल, प्रथम उपाध्यक्ष जगबहादुर गुरुङ्ग, द्धितिय उपाध्यक्ष इन्द्रा मल्ल, कोषाध्यक्ष जिवन बाटाजु, शंकर शाह, मनिषा अधिकारी लगायतले मेडल, प्रमाण–पत्र सहित एक एक जोर जुत्ता पुरस्कार वितरण गरे । पूर्व अन्तर्राष्ट्रिय खेलाडी रमेश जैसिले जुत्ता प्रायोजन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close