जुनियर एटिएफ टेनिसमा शिर्ष वरियताका आरब र सलोनी विजयी

पोखरा, ८ मंसिर ।
नेपालकै शिर्ष वरियता प्राप्त खेलाडीहरु पुरुषतर्फ आरब हाडा र महिलातर्फ सलोनी तामाङ्गले पोखरामा सम्पन्न ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ मा प्रथम स्थान हासिल गरेका छन् ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आरबले अकि जुवेन रावतलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । त्यस्तै सलोनीले सर्भानी श्रेष्ठमाथि ६–२, ६–१ को सहज नतिजा निकाल्दै प्रथम भइन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्सतर्फ आरब हाडा प्रणव मानन्धरको जोडीले प्रथम स्थान हाँसिल गरेको थियो भने महिला डबल्सतर्फ सलोनी तामाङ्ग र सुभांङ्गी लक्ष्मी शाहको जोडीले प्रथम स्थान हाँसिल गरेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई आयोजक संघका अध्यक्ष दोर्जे तामाङ्ग, उपाध्यक्ष लोक गुरुङ्ग, महासचिव नविन चालिसे तथा खेलाडीहरु विकास गुरुङ्ग, प्रिति बराल, अभिभावकहरु गौतम उदास, सरिता भट्टराई, नविन श्रेष्ठ लगायतले एक समारोहका विच पुरस्कार वितरण गरे । यसैविच सोमबारदेखि सर्किट २ का खेलहरु शुरु हुने आयोजक संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close