उपप्रमुख गुरुङ सहित खेलकुद पत्रकार मंच गण्डकीका उपाध्यक्ष बराल सम्मानित

पोखरा, ५ मंसिर ।
गोर्खा एण्ड बराह ज्वेलरी ईण्डष्ट्रिज प्राली पोखराले आफ्नो सातौं बर्षिककोत्सबका अबसरमा बुधबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु देबी गुरुङ र नेपाल खेलकुद पत्रकार मंच गण्डकी प्रदेशका उपाध्यक्ष बराल सम्मान गरेको छ ।

गण्डकी प्रदेश उपसभामुख उपसभामुख सृजना शर्माले सातौ बार्षिकोत्सबको भब्य समारोहमा पोखरामहानगर पालिकाका उपप्रमुख मञ्जुदेबी गुरुङलाई पनि गोर्खाली तारा २०७५ सम्मान गरेकी छन । उपप्रमुख गुरुङलाई समाजमा पु¥याएको उल्लेख्य योगदानको कदर गर्दै सम्मान गरिएको हो । यसै गरि सोही समारोहमा मंचका उपाध्यक्ष बराललाई पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै गोल्ड मेडल बाट सम्मान गरिएको होे । कम्पनीले आफ्नो कर्मचारी मध्ये बाट सरला गुरुङलाई सम्मान गरेको छ ।

गोर्खा एण्ड बराह ज्वेलरीले कम्पनीको सातौं वार्षिकोत्सबमा गोर्खा एण्ड बराह फाउण्डेशनको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष हरी कुमार धमलाले उक्त फाउण्डेशन बाट गरिब महिलाको उत्थान तथा गरिब विद्यार्थीलाई छात्रवृती उपलव्ध गराउने बताएका छन । फाउण्डेशन मार्फत पोखरामा स्वास्थ सेबाको पहुँच पु¥याउन एम्बुलेन्स सेवा समेत यथासिघ्र सञ्चलानमा ल्याउने उनले बताए ।

 

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष धमलाले ग्राहक तथा शेयर सदस्यहरुको विश्वास, माया ममता र स्नेहका कारणलेनै कम्पनीले पोखरामा स्थापनाको छोटो अबधीमा सफलता प्राप्त गरेको बताए । कार्यक्रममा उक्त कम्पनीका परिकल्पनाकार मेजर लक्ष्मी प्रसाद गुरुङले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।  कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्त्तीहरु समेत गरिएको थियो ।

सात वर्ष अघि पोखरामा सुरु आफ्नो ब्यबसाय सुरु गरेको गोर्खा एण्ड बराह ज्वेलरीले बेलायत, हङकङ, दुबई, र नेपालमा काठमाडौ, ललितपुर, चितवन, धरान लगाएतका शहरहरुमा आफ्नो शाखा बिस्तार गरेको छ ।

तस्बिर : मनी गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close