
अर्जुन कार्की,
बागलुङ, ४ मंसिर ।
बागलुङको बडिगाड गाउँपालिकामा भएको बडिगाड हाफ म्याराथुन दौड प्रतियोगितामा नेपाली सेनाका नर बहादुर कार्की प्रथम भएका छन् ।
बडिगाड संस्कृति प्रवद्र्धन केन्द्रले प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ को अवसरमा आयोजना गरेको दौड प्रतियोगितामा २२ जना सहभागिता प्रतिस्पर्धीलाई उछिन्दै अर्जुनबाण गण घोडाबाँधेमा कार्यरत कार्कीले प्रथम भएका हुन । कार्कीले २१ किलोमिटरको दुरी १ घण्टा १९ मिनेट ४७ सेकेण्डमा पार गरे ।
सेनाकै प्रज्वल खत्रिले १ घण्टा १९ मिनेट ५३ सेकेण्डमा दुरी पार गरी द्धितिय र गुञ्जमान श्रेष्ठले १ घण्टा २१ मिनेटमा दुरी पार गरी तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगीतामा प्रथम, द्धितिय तथा तृतिय हुनेले क्रमशः ७ हजार, ५ हजार तथा ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कला संस्कृति कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला नमुना बडिगाडको पूर्वाधार भन्ने नारा सहित मंसिर १ गते देखि सुरु भएको महोत्सव मंसिर ९ गते सम्म सञ्चालन हुनेछ ।