
काठमाडौ, ४ मंसिर ।
क्यानाडाको टोरन्टो शहरमा अवस्थित भेराईटि भिलेजको बिशाल हलमा आयोजित टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसीपमा एभरेष्ट तेक्वान्दो एकाडेमी ले १६ स्वर्ण ७ रजत र ११ काश्य पदक जित्न सफल भएको छ ।
तेक्वान्दो अन्तराष्ट्रीय रेफ्री एवं प्रशिक्षक मास्टर धिरेन्द्र शाही द्वारा जिटिएको ब्राम्पटन र स्कारवोरोमा सन्चालित २ वटा तेक्वान्दो क्लबका ४५ जना खेलाडीले स्पाइरिंगमा तथा पुम्सेमा ऊत्क्रिष्ट खेल प्रदर्शन गर्न सफल भएका थिए ।
खेलाडीहरुलाई प्रशिक्षक धिरेन्द्र शाही, यादव कुँवर र रबिन जोशीले प्रशिक्षण गरेका थिए । ऊल्लेखनिय सहभागिता एबम् सफलता हासिल गरेकोमा प्रतियोगिता आायोजक यांग चोंग तेक्वान्दो एकाडेमीले एभरेष्ट एकाडेमी लाई बिशेष ट्रफिले सम्मान गरेको थियो ।
क्यानाडा लगायत बिभिन्न राष्ट्रका कÞरीब १ हजार १ सय खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगितामा अन्तराष्ट्रीय रेफ्री शाहीको संयोजकत्वमा अन्य नेपाली रेफ्रिले पनि निर्णायकको भुमिका निर्वाह गरेका थिए । एभरेष्टको सहभागितामा नेपाली तेक्वान्दो माष्टरहरु राजु थापा ,निरज पौडेल,गिरी बुढाथोकी, लिला शाही ,आनन्द अर्गेजा, कल्याण कुँवरले बिशेष सहयोग गरेका थिए ।
नोभेम्वर १७ र १८ मा संचालित यो प्रतियोगिता क्यानाडाको पुरानो र प्रतिष्ठित प्रतियोगितामा गनिन्छ ।