पोखरामा जारी एटिएफमा शिर्षवरियताका सलोनी र आरबको जित

मंसिर ४,पोखरा
चौध वर्ष मुनिको उमेर समुहमा शिर्ष वरियताका नेपाली खेलाडीहरु महिलातर्फ सलोनी तामाङ्ग र पुरुष तर्फ आरब हाडाले पोखरामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ मा विजयी शुरुवात गरेका छन् ।

मंगलबार भएको खेलमा सलोनीले पोखराका श्रीया भट्टराईमाथि सजिलो जित निकालिन् । उनले श्रीयालाई ६–१,६–० को सेटमा पराजित गरेकि हुन् । त्यसैगरि पुरुषतर्फ आरबले पोखराकै सौगात विकलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे ।

पुरुष एकलतर्फका अन्य खेलहरुमा भारतका आचिन्त्या बर्माले नेपालका पवनकुमार शर्मालाई ६–२, ६–० ले, भारतका रोहण पटेलले नेपालका इसान गुरुङ्गलाई ६–०, ६–१ ले, नेपालका प्रितम परियारले भारतका हरिशरण भाष्करणलाई ६–४, ६–४ ले पराजित गर्दै अगाडी बढेका छन् । त्यसैगरि इभ्याक जोशिले श्रेयाष पौडेललाई ६–१, ६–० ले, प्रणव मानन्धरले आयुष्मान हजुर घलेलाई ६–२, ६–३ ले, सरोज तामाङ्गले सक्षम विक्रम शाहलाई ६–२, ६–१ ले तथा अकि जुवेन रावतले राजबिर प्रधानलाई ६–०, ६–० ले पराजित गरे ।महिलातर्फ भएका खेलहरुमा निमिषा ढकालले प्रशंसा मोक्तानलाई ६–१, ६–१ ले, भारतका मिलि छुगले नेपालका श्रीष्टी राईलाई ७–६, ६–४ ले पराजित गरिन् ।

महिला डबल्सतर्पm इशा श्री शाह र सर्वाङ्गि श्रेष्ठको जोडीले श्रीया भट्टराई र रामिका बुद्धाचार्यको जोडिलाई ६–०, ६–० ले, निमिसा ढकाल र आइसा डोल्कर गुरुङ्गको जोडीले प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीलाई ६–४, २–६ र सुपरटाईमा १०–६ ले पराजित गरे । सुभांङ्गि लक्ष्मी शाह र सलोनी तामाङ्गको जोडीले भारतका मिलि छुग र नेपालका अध्या पौडेलको जोडीलाई ६–३ र ६–१ को सेटमा पराजित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close