डीपीएलको निर्देशकमा बिनोद दासको नियुक्ती

पोखरा, ४ मंसिर ।
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको प्रतियोगिता निर्देशकमा यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दास नियुक्त भएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार एक विज्ञप्ति जारी गर्दै दासलाई प्रतियोगिता निर्देशकका रुपमा नियुक्त गरेको जानकारी दिएको हो ।

‘रुस्लान डीपीएल तीन आगामी माघ १९ देखि फाल्गुन ४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘निर्देशकका रुपमा दासको अनुभव र उहाँको निर्देशनले प्रतियोगिताले थप उचाई लिने विश्वास लिएका छौं ।’ रुस्लान डीपीएलको तेस्रो संस्करण अनुमानित लागत ५ करोड रुपैयाँको लागतमा हुन लागेको छ । प्रतियोगितामा देशभरका ६ वटा फ्रेन्चाइजी टोलीको सहभागिता रहनेछ ।

डीसिएका अध्यक्ष सुवाश शाहीका अनुसार डीपीएलको दोस्रो संस्करणमा सहभागी टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स टोलीलाई प्राथमिकता दिइनेछ । तर, टोलीको घोषणा भने छिट्टै गरिने उनले बताए । डीपीएलका प्रत्येक टिममा १५—१५ खेलाडी हुनेछन । त्यसमा दुई बिदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टिममा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ ।

प्रतियोगितामा कुल १९ खेल हुनेछन । प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close