
पोखरा, ४ मंसिर ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको अध्यक्षमा सम्पन्न श्रेष्ठ नियुक्त भएका छन । श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद सदस्य सचिब केशब विष्टले बाँकी अबधीका लागि २०७५ मंसिर ३ गते बाट लागु हुने गरि पश्चिमाञ्चल क्षेत्रिय खेलकुदको अध्यक्षमा नियुक्ती दिएका हुन ।
२०७२ भदौमा पश्चिमाञ्चल क्षेत्रिय खेलकु्द बिकास समितीको सदस्यमा चार वर्षका लागि नियुक्त भएका श्रेष्ठ २०७५ असार ११ गते बाट निवर्तमान अध्यक्ष खगराज पौडेलले कार्यबाहक अध्यक्ष पदमा बहाल गरेका थिए । बागलुङ निवासी श्रेष्ठले करिब ६ महिनाको कार्यबाहक पदमा पुरस्किृत हुँदै सदस्य सचिब विष्टले थप अबधीका लागि अध्यक्षमा पदोन्नती गराएका छन ।
खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल श्रेष्ठ अध्यक्ष पदमा पदोन्नती भएपछि यस क्षेत्रको खेलकुदले पक्कै पनि सुधारको अपेक्षा गरिएको छ । उनले आफू कार्यबाहक रहँदै पनि पोखरा रंगशाला भित्रको पानी ब्यबस्थित गर्न र अन्य केही पूर्वाधार निर्माणका कामहरु सम्पन्न गराउन लागि परेका थिए । उनी मोआथाई खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रि र सोही खेलको केन्द्रिय कोषाध्यक्ष समेत हुन ।