गण्डकी प्रदेशको महिला फुटबल टोली प्रधान सेनापती कप खेल्न काठमाडौ तर्फ

पोखरा, ४ मंसिर ।
गण्डकी प्रदेशको महिला फुटबल टोली “छैटौं प्रधान सेनापती अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल” प्रतियोगितामा सहभागिता जनाउन मंगलबार काठमाडौं प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम बहादुर गुरुङले बिदाई गरेका हुन ।

यही मंसिर ५ गते देखि १२ गते सम्म संचालन हुने प्रतियोगितामा सहभागीता जनाउने १८ सदस्यिय टिममा साबित्री किसान, जिन माया थापा मगर, पुष्पा गुरुङ, रेणुका हमाल, पविता थापा मगर, मनिसा पगेनी धनमायाँ गुरुङ, मनमाया परियार, पार्वती राना मगर, रिया बानु, शन्त नेपाली, संगिता गुरुङ, सुप्रिया गुरुङ, सुनिता बिक, ननिता गुरुङ, बिबिशा मास्के, शुष्मा जिटी र अस्मिता रनपाल रहेका छन ।

यसै गरि टिमको प्रशिक्षकमा प्रल्हाद हिराचन र टिम म्यानेजरमा बिकास गुरुङ रहेको संयोजक धरम बहादुर लामिछाने र कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले जनाएका छन ।
तस्बिर सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close