
पोखरा, ४ मंसीर ।
निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल, कास्की (एन प्याब्सान कास्की)को आयोजनामा एन प्याब्सान खेलकुद महोत्सव हुने भएको छ ।
महोत्वसवको १२ औ सस्करण मंसीर १८ गते देखि २१ गते सम्म पोखरा रंगशालामा हुने भएको हो ।
“एन प्याब्सान कास्कीको संकल्प ः खेलकुद शिक्षाको अभिन्न अंग” भन्ने मुल नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्याण्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुनेछन् ।
महोत्सवलाई सफल बनाउनका लागि एन प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा शिवदत्त तिवारी, केशवशरण पौडेल, मनकाजी गुरुङ रत्ना कुमारी गुरुङ, प्रेमराज अधिकारी, राजु केसी, गणेश भण्डारी, शिवराज पौडेल, विष्णुप्रसाद पौडेल, सञ्जय पौडेल, अर्जुनप्रसाद अधिकारी, राजु कायस्थ रहेका छन् ।
समितिको सल्लाहकारमा याम खड्का, ज्ञानेन्द्र मोहन भट्टराई र रामप्रसाद शर्मा रहेका छन् । महोत्वलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ। प्रचार प्रसार उपसमितिको संयोजकमा प्रेमराज अधिकारी, मार्च पास उपसमिति संयोजकमा कमल बहादुर मल्ल, एथेलेटिक्स उपसमिति संयोजकमा केशवशरण पौडेल, फुटबल उपसमिति छात्र तर्फ संयोजकमा हिमाल गुरुङ, फुटबल उपसमिति छात्रा तर्फको संयोजक राजु केसी, टेवुलटेनिस उपसमिति संयोजकमा शिवराज पौडेल, वास्केटबल उपसमिति संयोजकमा राजु कायस्थ, भलिबल उपसमिति संयोजकमा प्रकाशराज वाग्ले, ह्याण्डबल उपसमिति संयोजकमा अर्जूनप्रसाद अधिकारी रहेका छन् ।
स्वास्थ्य उपचार तथा खानेपानी ब्यवस्थापन उपसमिति संयोजकमा हेमन्त अधिकारी, मञ्च सजावट तथा खाना व्यवस्थापन उपसमितिको संयोजकमा शारदा केसी, न्यायिक छानविन तथा निर्णायक उपसमितिको संयोजकमा रामबहादुर मोची, पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा भिम न्यौपाने, शान्ति सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा यूवक लामिछाने, सचिवालय व्यवस्थापन उपसमितिको संयोजकमा मनकाजी गुरुङ रहेका छन् ।
महोत्सबमा नेसनल प्याब्सान, कास्कीमा आवद्घ चार दर्जन विद्यालयको सहभागिता रहने छ । कार्यक्रम सम्पन्न गर्न करिव २० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको कोषाध्यक्ष रत्ना गुरुङले जानकारी दिईन् । खेलाडीहरुको नामावली, फोटो, कक्षा, रोल नं स्पष्टसंग सम्बन्धित विद्यालयका प्रिन्सिपलले प्रमाणीत गरी मंसिर १४ गते भित्र अनिबार्य रुपमा पठाउनुपर्ने व्यवस्था गरिएको अध्यक्ष मोचीले जानकारी दिए ।
छायाँ तस्बिर