ब्याडमिन्टन अम्पायर उदय अर्याल भारत प्रस्थान

पोखरा, २ मंसिर ।
नेपालका राष्ट्रिय ब्याडमिन्टन रेफ्रि तथा अन्तराष्ट्रिय अम्पायार उदय अर्याल भारत प्रस्थान गरेका छन् । मित्र राष्ट्र भारतको लखनउ सहरमा भारतिय ब्याडमिन्टन संघको आयोजनामा हुने एचएसबिसी बिडब्लुएफ वल्र्ड टुर सुपर ३०० सैयद मोदी अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मा निर्णायकको भूमिका निर्वाह गर्न अर्याल त्यस तर्फ प्रस्थान गरेका हुन् ।

नेपाल बिद्युत प्राधिकरणबाट ब्याडमिन्टन प्रतियोगितामा प्रतिनिधित्व गर्नु हुने अम्पायर अर्यालले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सफलताका साथ निर्णायकको भूमिका निर्वाह गरि सकेका छन् ।

प्रतियोगिता २० देखि २६ नोभेम्बर, २०१८ सम्म हुने उक्त प्रतियोगिता भारतको सवै भन्दा ठुलो प्रतियोगिता रहेको अर्यालले जनाएका छन् । प्रतियोगिताको पुरस्कार राशी १ लाख ५० हजार युएस डलर रहेको छ ।

अर्याललाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट तथा नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमका विच विदाई गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close