
पोखरा, २ मंसिर ।
पोखरा रंगशालाको फुटबल रंगशालाको प्यारापिट टेण्डरको खोल्ने अन्तिम तिन दिन बाँकी रहँदा आइतबार दिनभरि जसो नै यूवा तथा खेलकुद मन्त्रालयमा बैठकहरु भएका छन । रंगशालाको नयाँ प्यारापिट बनाउन २०७४ कार्तिकमा भूकम्पले जर्जर भयो भन्दै भत्काइएको थियो । ९ महिनामा निर्माण सम्पन्न गरिने भनिएता पनि १३ महिना सम्म टेण्डर समेत खोलिएको छैन ।
आइतबार यूबा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा, मन्त्रालयका सचिब मोहन कृष्ण सापकोटा, सह सचिब द्वय गणेश पाण्डे र अर्ण प्रसाद न्यौपाने, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार बिष्ट अर्थ मन्त्रि डा यूबराज खबिवडा संग भेटन अर्थ मन्त्रालय पुगेका थिए ।
अर्थ मन्त्रिको संगको भेट पछि सोही टोली यूबा तथा खेलकुद मन्त्रालयमा राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित करिब २ घन्टा लामो बैठक बसेको थियो । यूबा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले पोखरा रंगशालको प्यारापिटको टेण्डर खोल्न अर्थ मन्त्रि सहित सबैको चासोको विषय रहेको बताएका छन । मन्त्रि विश्वकर्माले अर्थ मन्त्रि डा.खतिवडा संग यस बारे कुरा भइसकेको र ८ औं राष्ट्रिय खेलकुद तथा १३ औं दक्षिण एशियााली खेलकुद (साग)का लागि निर्माण भइरहेका संरचनाहरुको बजेट अभावमा रोकिएका कार्यका विषयमा समेत छलफल भएको बताए ।
“यि संरचनाहरु केबल सरकारको विषय मात्रै होइनन यो राष्ट्रिय जिम्मेवारी समेत भएकोले सबै आवश्यक संरचनाहरु समयमानै प्रभावकारी ढङले सम्पन्न गरेर प्रतियोगिता आयोजना गर्नु छ” मन्त्रि विश्वकर्माले भने–“यसमा अर्थमन्त्रीको पनि उत्साहजनक प्रतिवद्धता छ ।” उनले निर्माणका लागि सबै कुराहरु सहज ढङले अगाडी बढेको र पोखरा रंगशालाको प्यारापिट पनि भनेकै समयमा सम्पन्न हुने प्रष्ट पारेका छन ।
यता राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टले पोखरा रंगशालाको निर्माण बजेटका लागि तिन महिना अघिनै अर्थ मन्त्रालयमा पत्राचार भइसकेको बताए । “अर्थ मन्त्रालयले सायद भोली सम्म पत्र दियो भने भोलीनै प्राविधिक पक्षको पस्ताब खोल्ने र त्यसको एक सातामा आर्थिक प्रस्ताब खोल्ने छौं” सदस्य सचिब विष्टले भने ।
२०७४ कर्तिकमा पहिलो टेण्डर आह्वान गरेको राष्ट्रिय खेलकुद परिषदले त्यसको ठिक ८ महिना पछि २०७५ जेठमा दोश्रो टेण्डर आह्वान गरेको थियो । पहिलो पटकको टेण्डरमा ६ निर्माण कम्पनीले प्रस्ताब दर्ता गराए पनि एक मात्र चिनिया कम्पनीको प्रस्ताब नियमानुसार ठिक भए पनि एउटा मात्रै भएको भन्दै नौ महिना पछि दोश्रो पटक टेण्डर आह्वान गरिएको थियो ।
दोश्रो पटकको टेण्डर आह्वानमा नेपाल र चिनको तथा नेपाल र भारतको गरि दुई वटा प्रस्ताब मात्रै परेकोमा दुबैको अन्तर्राष्ट्रिय विडिङ अनुसार कन्सलटेन्ट मार्फत अध्ययन समेत गराइएको थियो । तर आर्थिक प्रस्ताब खोल्ने विषयमा परिषदले ढिलाई गरेका कारण सोही समयमा अख्तियारले निर्माण बजेटको बजेट शुनिश्चितता नगरी टेण्डर नखोल्न निर्देशन जारी गरेपछि सबै काम रोकिएको थियो ।
करिब ६ महिना अघि खोलिएको दोश्रो टेण्डरको पनि म्याद पनि सकिन अब केही दिन बाँकी रहेकै अबस्थामा यूवा तथा खेलकुद मन्त्रालय अर्थ संग निर्माणको कुल रकम करिब १ अर्ब ३२ करोड जोहो गर्न लागि परेको हो । तर मन्त्रालय यस अघिनै ५३ करोड बजेट भने छुट्टाइसकेको छ । यता पोखरेलीहरुको रंगशाला समयमा नबनाउने भए किन भत्काइयो भन्दै आक्रोश पोखिरहेका छन । मन्त्रि विश्वकर्माले यस बारे चासो दिए पछि भने केही हुन्छ भन्ने आशा भने पलाएको छ ।